
काठमाडौं, असार ७ । तेस्रो अन्र्तराष्ट्रिय योग दिबस आज नेपालमा पनि मनाइदैछ । योग दिबस कै अबसर पारेर पतञ्जली योग पीठ लगायतका संघ, संस्थाले आज नेपालमा बिबिध कार्यक्रमको आयोजना गरिएको छ ।
आज बिहान पीठले आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री शेर बहादुर देउवा, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेपालका लागि भारतीय राजदुत मञ्जीप सिंह पुरी लगायतको उपस्थिति रहेको थियो । आज भारत लगायत बिश्वभर संयुक्त राष्ट्र संघको आहवानमा योग दिबस मनाउने गर्दछ ।
आज भन्दा तीन बर्ष अगाडिदेखि मात्रै राष्ट्र संघले योग दिबस मनाउने निर्णय गरेको थियो । स्वस्थ्य जीबनको लागि योग आबश्यक भएको मान्यता बिस्तारै स्थापित भइरहेको यस सँग सम्बन्धित बिज्ञहरुले बताएका छन ।
Facebook Comments