Loading...
क्या गजब! राजपा बिद्रोह गरेर उम्मेदवार बनेका सबै नेताहरु फोरम नेपालसँग सहकार्य गर्दै चुनाब लडदै
रुपन्देही ७, असार । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र एउटा गज्जबको परिदृष्य देखिन्छ अचेल । नेताहरु आन्दोलनको कुरा गरिरहँदा कार्यकर्ता भने चुनावमा होमिएका छन् । राजपा नेताहरुको निर्देशन उल्लंघन गर्दै स्थानीय नेता कार्यकर्ताले उम्मेदबारी दिएर चुनावी घरदैलोमा व्यस्त छन्। स्थानीय तहको दोस्रो चुनाव अन्तर्गत असार ४ गते राजपाले १ सय ७१ वटा स्थानमा उम्मेदबारी दिएका छन् ।
मुख्यताः रुपन्देही, कपिलबस्तु र बाँकेमा राजपाको उम्मेदबारी परेको निर्वाचन आयोगले पुष्टि गरिसकेको छ । रूपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमशः अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन बहिष्कारको नीति अँगालेका पार्टीका कार्यकर्तादेखि निर्वाचनमा सहभागी पार्टीकाकार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी दियो राजपाले उम्मेदबारीमंगलबार दिउँसो सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा चुनाव चिन्ह लिन उम्मेदवारहरु भिड थियो ।
त्यो भिडमा राष्ट्रिय जनता पार्टीका अशोक शुक्ल पनि थिए ।उनले चुनाव चिन्ह त लिइसकेका रहेछन् । तर, उम्मेदवारको परिचयपत्र आउन बाँकी थियो । उनी निकै हतारमा देखिन्थे । चुनाव चिन्ह र परिचय पत्र लिएपछि चुनाव प्रचार प्रसारमा जाने उनको तयारी थियो ।संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीयतहको संख्या बृद्धिको माग गर्दै राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनाव बिथोल्ने अभियानमा छ । तर, शुक्ला उम्मेदवार बनेका छन् ।
उनी मात्र होइन, राजपामा १७१ नेता कार्यकर्ता दोस्रो चरणको चुनावमा उम्मेदवार बनेका छन् ।रुपन्देहीको मर्चवार क्षेत्रमा छन्, जसका कारण राजपाको पकड क्षेत्र मानिने मर्चवार चुनावमय बनेको छ ।
पार्टीको निर्णयलाई चुनौती दिँदै अशोक शुक्लहरुले दिएको उम्मेदवारीले राजपाभित्र भने तरङ्ग फैलिएको छ ।सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा राजपा नेता अशोक शुक्ला र उपाध्यक्षमा कमालुद्दिन शेखले स्वतन्त्र प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक बब्लु शुक्ला, कमलापति यादव चुनावी मैदानमा छन् । मर्चवारी गाउँपालिकामा राजपाकै राजकुमार सिंह स्वतन्त्र प्यानलसहित अध्यक्षमा उठेका छन् । उनको स्वतन्त्र प्यानलबाट उपाध्यक्षमा जानकी प्रसाद चौधरी मनोनयन पत्र दाखिला गरेका छन् ।
मंगलबार दिउँसो मर्चवारीमा पुग्दा राजकुमार सिंह कार्यकर्तामाझ चुनावी रणनीति बनाइरहेका थिए । त्यस्तै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा राजपाका बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि नेता शुक्लले ३ वटै स्थानीय तहमा प्यानलसहित नै स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लगाएकाहुन् । के भन्छन् उम्मेदवार ?मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अशोक शुक्लले जनता र गाउँको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।
उनले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा आफूहरुले भाग नलिए आफ्नो गाउँ विकासमा पछि पर्नुका साथै जनताको पनि स्तरवृद्धि नहुने बताए ।उनले आफूहरुको माग यथावत रहेको भन्दै आफू निर्वाचनमा विजयी भएपश्चात मागहरु सम्बोधन गराउन पहल गर्ने बताए ।
रुपन्देही ७, असार । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र एउटा गज्जबको परिदृष्य देखिन्छ अचेल । नेताहरु आन्दोलनको कुरा गरिरहँदा कार्यकर्ता भने चुनावमा होमिएका छन् । राजपा नेताहरुको निर्देशन उल्लंघन गर्दै स्थानीय नेता कार्यकर्ताले उम्मेदबारी दिएर चुनावी घरदैलोमा व्यस्त छन्। स्थानीय तहको दोस्रो चुनाव अन्तर्गत असार ४ गते राजपाले १ सय ७१ वटा स्थानमा उम्मेदबारी दिएका छन् ।
मुख्यताः रुपन्देही, कपिलबस्तु र बाँकेमा राजपाको उम्मेदबारी परेको निर्वाचन आयोगले पुष्टि गरिसकेको छ । रूपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहीमाई गाउँपालिकामा क्रमशः अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन बहिष्कारको नीति अँगालेका पार्टीका कार्यकर्तादेखि निर्वाचनमा सहभागी पार्टीकाकार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसरी दियो राजपाले उम्मेदबारीमंगलबार दिउँसो सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा चुनाव चिन्ह लिन उम्मेदवारहरु भिड थियो । त्यो भिडमा राष्ट्रिय जनता पार्टीका अशोक शुक्ल पनि थिए ।उनले चुनाव चिन्ह त लिइसकेका रहेछन् । तर, उम्मेदवारको परिचयपत्र आउन बाँकी थियो । उनी निकै हतारमा देखिन्थे ।
चुनाव चिन्ह र परिचय पत्र लिएपछि चुनाव प्रचार प्रसारमा जाने उनको तयारी थियो ।संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीयतहको संख्या बृद्धिको माग गर्दै राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनाव बिथोल्ने अभियानमा छ । तर, शुक्ला उम्मेदवार बनेका छन् । उनी मात्र होइन, राजपामा १७१ नेता कार्यकर्ता दोस्रो चरणको चुनावमा उम्मेदवार बनेका छन् ।
रुपन्देहीको मर्चवार क्षेत्रमा छन्, जसका कारण राजपाको पकड क्षेत्र मानिने मर्चवार चुनावमय बनेको छ । पार्टीको निर्णयलाई चुनौती दिँदै अशोक शुक्लहरुले दिएको उम्मेदवारीले राजपाभित्र भने तरङ्ग फैलिएको छ ।सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा राजपा नेता अशोक शुक्ला र उपाध्यक्षमा कमालुद्दिन शेखले स्वतन्त्र प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक बब्लु शुक्ला, कमलापति यादव चुनावी मैदानमा छन् । मर्चवारी गाउँपालिकामा राजपाकै राजकुमार सिंह स्वतन्त्र प्यानलसहित अध्यक्षमा उठेका छन् । उनको स्वतन्त्र प्यानलबाट उपाध्यक्षमा जानकी प्रसाद चौधरी मनोनयन पत्र दाखिला गरेका छन् ।
मंगलबार दिउँसो मर्चवारीमा पुग्दा राजकुमार सिंह कार्यकर्तामाझ चुनावी रणनीति बनाइरहेका थिए । त्यस्तै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा राजपाका बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि नेता शुक्लले ३ वटै स्थानीय तहमा प्यानलसहित नै स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लगाएकाहुन् ।
के भन्छन् उम्मेदवार ?मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अशोक शुक्लले जनता र गाउँको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा आफूहरुले भाग नलिए आफ्नो गाउँ विकासमा पछि पर्नुका साथै जनताको पनि स्तरवृद्धि नहुने बताए ।उनले आफूहरुको माग यथावत रहेको भन्दै आफू निर्वाचनमा विजयी भएपश्चात मागहरु सम्बोधन गराउन पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *