Loading...
सरकारले जे गरे पनि राजपासँग कुरा नमिल्नुको कारण खुल्यो, सिके राउत र महन्थ ठाकुर बिच फोनमा २-२ घन्टा लामो कुराकानी

काठमाडौं ७, असार । राष्ट्रिय जनता पार्टी (राजपा) र सीके राउतले मिलेर चुनाव बिथोल्न संयुक्त रणनीति बनाएर अघि बढेको देखेर आश्चर्यचकित नहुने कमै छन् । विखण्डनकारी राउत र संसद्मा रहेको राजपाबीचको साँठसाँठले आम जनता, दल र सुरक्षा निकायलाई समेत तरङ्गित बनाइदिएको छ ।

दुई साताअघि राजधानीको अति गोप्य स्थानमा राजपाका संयोजक महन्थ ठाकुर र सीके राउतबीचघन्टौं कुराकानी भएको थियो । स्रोतका अनुसार सो भेटवार्तामा सँगै मिलेर आन्दोलन गर्ने राजपा र राउतबीच गोप्य सहमति भएको थियो । यसबीच राउतले पत्र मार्फत् राजपालाई बधाई दिँदै स्वतन्त्र मधेश अभियानमा लाग्न आग्रह गरिसकेका छन् ।

राजपाले सार्वजनिक रुपमै पत्रको जवाफ नदिएपनि आन्तरिक रुपमा राउतसँग साँठगाठ गरिसकेको स्रोतको दाबी छ ।त्यहाँदेखि नै हो राजपाका नेता कार्यकर्ताले राउतलाई समर्थन गर्दै अभिव्यक्ति दिँदै गतिविधि गर्दैछन् भने राउत र तिनका कार्यकर्ताले खुलेरै राजपाको समर्थनमा उत्रिएका छन् । राजपाको चुनाव बिथोल्ने अभियानमा राउतका कार्यकर्ता खुलेरै लागेको सकिन्छन् ।

चुनाव बिथोल्न राजपाले गरेको आन्दोलनमा सीके राउतका कार्यकर्ता समेत रहेको पाइएको छ । चुनाव हुन नदिने रणनीतिसँग सहमत रहेका राउतले आफ्ना कार्यकर्तालाई राजपाको आन्दोलनमा परिचालन गरेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जालदेखि सडक आन्दोलनसम्मै राउतका कार्यकर्ताहरु राजपासँगै देखिन्छन् ।

यसरी राजपा र राउत समूहबीच मुद्दा मिल्दै गएकोले दुबै शक्तिबीच निकट भविष्यमै एकीकरण हुन सक्ने उच्चस्रोतले दाबी गरेको छ। ‘अभिव्यक्ति र गतिविधि हेर्दा राजपा अब भन्नलाई मात्रै संसदवादी शक्ति हो, तर कित्ताको हिसाबले राजपा अब सीके राउतको लाइनमा गइसक्यो । ढुक्क हुनुस्, निकट भविष्यमै दुवै शक्तिबीच एकीकरण भयो भने आश्चर्य नमाने हुन्छ’– स्रोतले भन्यो ।

राउत समूहको विखण्डनकारी गतिविधिलाई नजिकबाट नियालिरहेको सुरक्षा निकायले राउतसँगै राजपालाई पनि सूक्ष्म निगरानीमा राखेको छ । गृहमन्त्रालय स्रोतका अनुसार चुनाव बिथोल्ने नाऊँमा राउत समूहको जस्तै विखण्डनकारी गतिविधिमा राजपा लागेको देखेरसुरक्षा निकायले राजपाको गतिविधिलाई नजिकबाट अध्ययन गर्दैछ ।

राजपा र राउतले मधेश टुक्र्याउने एउटै एजेन्डा अघि बढ्न सक्ने अनुमान गरेर नै सरकारले भारी संख्यामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली मधेशमा परिचालन गर्ने निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *