
“पानी नचल्ने हातको औठाछाप चल्ने”देशमा चुनाबको माहोल तातिएको बेलाआउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकतीथपौं,,मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुनबा लाई नचल्ने,आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछापतिम्रो बा को चुनाव चिन्हमा चल्छ भनेयतिबेला, तिम्रो औठाछाप पनि मेरो सिउदोमाचल्नु पर्छ!!!
प्रेम गर्न सक्ने, बिहे गर्न नसक्नेएकान्तमा निलुला झै झम्टेर चुम्नेभिड्मा अपनाउन नसक्नेअध्यारोमा मेरो गन्ध देख्नेउज्यालोमा मेरो अनुहार नचिन्नेतिमी प्रेमी हौ या गद्दार??ठुलो जातको तिमी झन तिम्रो छाती ठुलोहुनु पर्नेतर आज म सार्किको छोरी सानो जातको भएर पनिठुलो साहस गर्दैछुआउ मेरो सिउदोमा तिम्रो औठाछाप हालेरहाम्रो साझा प्रेम पार्टिलाई जिताऔ”जसरी उता मेरो बाउको औठाछापलेतिम्रो बा को पार्टी जितिरहेछ…ऊु!त्यहा डिलमा उक्लेर हेर त,हिज सम्म सार्किनी बुहारी भित्रेला कि भनी ढोकामा रखुवाली गर्ने तिम्रा बाहुन बाआज मेरो सार्की बाउको हात समाएरऔलाको छाप माग्दै कती बेफुर्सदिला भएकाछन!!
त्येसैले त म भन्दैछु यही मौकामा छिराइहालमलाई तिम्रो घरको ढोका भित्रथाहा छ? यतिबेला तिम्रा बाले सहर्ष स्विकार्छनमलाईकिनकी तिम्रो बाहुन बा को जितमेरो सार्की बा हरुको बुढी औलाहरुमा छनर म सार्किनिलाई अस्विकार गर्नु भनेकोआफ्नो हारलाई स्विकार्नु हो..तिम्रा बा यती लुच्चा छ कि, सत्ता पाउन लाईयतिबेला म जस्ता हजारौ सार्किनी हरु घर भित्राउन तयार छन…त्येसैले भन्दैछुआउ!!
मेरो सिउदोमा तिम्रो औठाछाप हानेरहाम्रो प्रेम पार्टिलाई जिताऔ…जसरी पानी नचल्ने मेरो सार्की बाउको हात कोबुढो औलाका छाप तिम्रो बाहुन बा को चुनावचिन्हमा चल्छत्येसरि नै तिमी बाहुनको औठाछाप पनिम सार्किनिको सिउदोमा चल्नु पर्छ!!!हतार गर!! यतिबेला मौका परेको छहामी पनि सानो राजनीति खेलौनत्र फेरी अर्को चुनावमा तिम्रा बा लेटिकट नपाउन पनि सक्छन……–शुष्मा रुपाबुङबेलायत श्रोत: अमेरिका नेपाल
Facebook Comments