Loading...
बाबुरामलाई ठुलो झड्का नयाँ शक्ति परित्याग गरी ठुलो समूह माओवादी केन्द्रमा समाहित

काठमाडौं, असार ७ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी सम्बद्ध नयाँ शक्ति विद्यार्थी युनियनकी संस्थापक संयोजक ओमकुमारी पौडेलसहितको समूह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । नयाँ शक्तिमा रहेका नेता तथा कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन् । माओवादी प्रवेश गर्नेमा नयाँ शक्ति विद्यार्थी युनियनका स्ववियु विभाग प्रमुख युवराज दाहाल, विद्यार्थी युनियनमा प्रदेश नं ४ को संयोजक सुमन आचार्य, नयाँ शक्ति निकट प्रेस सोसाइटीका केन्द्रीय सदस्य नवराज बराल लगायतका नेता कार्यकर्ता रहेका छन् ।

त्यसैगरी माओबादी केन्द्र प्रवेश गर्नेमा युवा शक्ति निर्माण अभियानका केन्द्रीय कार्यालय सदस्य तथा थापाथली क्याम्पसका पूर्व स्ववियु सभापति दिलीप तामाङ, युवा शक्ति निर्माण अभियानका केन्द्रीय कार्यालय सदस्य धिरज खनाल, नयाँ शक्ति विद्यार्थी युनियनका अतिरिक्त खेलुकुद विभाग प्रमुख कृष्ण भट्टराई, पार्टीका केन्द्रीय परिषद् सदस्य मुकुन्द कार्की, नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य इन्जिनियर शिव न्यौपाने, प्रदेश नं २ का संस्थापक संयोजक राधेश्याम शाह, केन्द्रीय सचिवालय सदस्य ममताकुमारी शर्मा, नितेश श्रेष्ठ, ओमप्रकाश महतो, अरविन्द शाह, दिनार श्रेष्ठ, दिनेश तामाङ, र सुनिल पोखरेल पनि नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमै प्रवेश गरेका छन् ।

यस्तै, पत्रकार महासंघ काठमाडौँमा प्रेस सोसाईटीबाट निर्वाचित जिल्ला सदस्य तथा प्रेस सोसाईटीको प्रदेश नं ३ का संयोजक फणिन्द्र फुयाल र प्रेस सोसाईटीका केन्द्रीय सदस्य देवराज गुरुङ पनि माओवादी केन्द्रमै समाहित भएका छन् ।

त्यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य शेखर मण्डल, निरज बम, अर्जुन यादव, भरत साफी, सुरेन्द्र शाह, हिमाञ्सु शाह, रञ्जन कुमार शाह, उचित दास, रञ्जित खड्की, रामसुधन फुयाल, रमेश भण्डारी, राजेन्द्र बलामी, सञ्जिव सुवेदी, सुजन केसी, राकेश कुमार शाह, जितेन्द्रकुमार दास, घनश्याम शाह, प्राणशुकेशब झा, अनिता बास्कोटी, मनिस शर्मा, अविनिश शर्मा, विवेककुमार यादव, गणेश श्रेष्ठ, झलक छाडुली, संग्राम वल लामा, विशाल रसायली, आषिस दाहाल, योगराज खड्का, सन्तोष नेपाली, अनिस पन्त, प्रान्सु झा, प्रमोद यादव, मुकेश मिश्र, रुपेश यादव, योगेश दास, पंकज दास, प्रमोद यादव, सुवास श्रेष्ठ र गणेश आचार्यलगायत पनि नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमै समाहित भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *