Loading...
काँग्रेसले ल्यायो तिलोत्तमा किसानमैत्री कार्यक्रम

तिलोत्तमा, ७ असार । घरदैलो अभियानका क्रममा तिलोत्तमाका घर खेत सम्म पुगिरहेका कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँण र उपमेयर उम्मेदवार गीता सारुले आकासे पानीको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्न सिचाइका प्रभावकारी र दिर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। कांग्रेसले सिंचाई सुविधा लिन सकिने खोला नालाहरूमा बाँध बाँधी सिंचाईको बिस्तार गर्ने, १६÷३६ सिंचाइका नहरहरू पक्की बनाउने, भैलुभुजका बोरिङहरू मर्मत सम्भार गरी संचालनमा ल्याउनुका साथै डिप ट्युवेल जडानलाई प्राथमिकतामा राखेको छ ।
घरदैलोको क्रममा स्थानीयले कृषिका लागि सिचाइ,उन्नत बीउबिजन,मलखादको अभावका कारण कृषिबाटै पलायन हुनु पर्ने अवस्था रहेको गुनासो गरेपछि कांग्रेसका उम्मेदवारहरुको यस्तो प्रतिवद्धता आएको हो ।बुधबार नेपाली कांग्रेसको गठबन्धनले तिलोत्तमाको वडा नं ८, १०, १३ र १५ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । घरदैलो कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवार रामकृष्ण खाँण र गीता सारु,काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण वडा न १३ का वडाध्यक्ष नारायण ढकाल, १० का व्यासमुनी थारु, ८ का हरिलाल पाण्डे,१७ का दानबहादुर चौधरी, १६ का झविलाल भुसाल, ११ का तेजबहादुर कुवँर क्षेत्री लगायत नेपाली कांग्रेसका जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा सदस्य तथा महासमिति र महाधिवेशन प्रतिनिधिहरु पनि सहभागी हुनुहुन्थ्यो ।
कांग्रेसले व्यवसायिक कृषिका लागि नगरभित्रै माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने र सबै किसानको पहुँच कायम गरी कृषकहरूलाई भूमि कार्ड वितरण गरिने योजना पनि बनाएको छ ।  कृषि उत्पादनको बजार बिस्तार गर्न एक वडा एक हाट र कोल्ड स्टोरेज निर्माणलाइ प्राथमिकतामा राखिएको छ । व्यवसायिक कृषिलाई पर्यटकीय गतिविधिसँग जोड्नुका साथै गाई पालन, अष्ट्रिज, मौरी,बाख्रा तथा माछा पालनलाई आवश्यक सहयोग एवम् प्रबर्धन गर्ने योजना पनि कांग्रेसको रहेको छ ।  मेयरका उम्मेद्वार खाँडले काँग्रेस र जनमुक्तिको गठबन्धनलाइ जिताउन नगरबासीलाइ आग्रह गर्दै किसानको सहुलियतकालागि गाई पेन्सन लागु गरी वृद्ध गाईलाई गौशलामा भरणपोषणको व्यवस्था मिलाइने योजना बनाइएको बताउनुभयो ।
त्यस्तै बाली तथा पशुबीमा कार्यक्रमलाइ प्रभावकारी बनाउनुका साथै मलखात, बीउबिजन औषधी आदिको सहज आपूर्तिका लागि सुपथ कृषि सामग्री पसल संचालन गर्ने योजना रहेको उपमेयरकी उम्मेदवार गीता सारुले बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *