Loading...
समुन्नतिको योजना कांग्रेससंग मात्र छ ः नेता धनराज गुरुङ्ग, तुम्बेवामा मोटरसाइकल र्याली
ललितपुर, ७ आषाढ । नेपाली कांग्र्रेसले पाँचथर सदरमुकाम फिदिममा चुनाबी सभा सम्पन्न गरेको छ ।  चुनाबी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले नेपाली कांग्रेससँग समाजको समुन्नतिको प्रष्ट योजना रहेको भन्दै त्यसलाई सस्थागत गर्न स्थानीय तह निर्बाचनमा कांग्रेसले विजय पाउनुपर्ने धारणा राख्नुभयो ।
पाँचथर जिल्लामा पर्यटन , कृषि, उजार्,  र पशुपालनको पर्याप्त सम्भावना रहेको भन्दै गुरुङले जिल्लाको एक नगर र ७ वटै गाँउ पालिकामा कांग्रेस उम्मेद्वारलाई मत दिन मतदातासँग आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य भिष्मराज आङदेम्वे,पूर्वगृहराज्य मन्त्री दीपकप्रकाश बास्कोटा,जिल्ला सभापति नरेन्द्रकमार केरुङ,महासमिति सदस्य मित्रप्रसाद काफ्ले,पुर्व जिल्ला सदस्य मधु जवेगू लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।  कार्यक्रम कांग्रेस फिदिमका प्रचार प्रसार संयोजक रुपनारायण जवेगूको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो ।
तुम्बेवामा मोटरसाइकल ¥याली
पाँचथरको तुम्बेवा गाउँपालिकामा नेपाली काग्रेस र राप्रपा तालमेल भएको सन्देश दिन बुधबार मोटरसाइकल ¥याली निकालिएको छ । ¥यालीमा नेपाली काग्रेसका महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल,अध्यक्षका उम्मेद्वार होमनाथ थापा,उपाध्यक्षका उम्मेद्वार घलेन्द्र लिम्बू कुरुम्बाङ,वडा अध्यक्ष लगायत अन्य सदस्यहरु उम्मेद्वारको सहभागिता रहेको थियो ।
¥याली मौवा वजारको त्रिवेणी चोक हात्तिहाले,हाक्पारे,लखुवादोभान,सरस्वती आधारभूत विद्यालय लगायतको स्थानको परिक्रमा गरेकोे थियो । ¥याली पछि आयोजित कोणसभामा दुवै पाटीका नेता तथा उम्मेद्वारहरुले तालमेलपछि जीत सुनिश्चत भएको वताउनुभएको छ । बिहिबार पनि हाङगुम र ओलनेमा मोटरसाइकल ¥याली निकालिने भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *