Loading...
धनुषा जिल्लाको बटेशवर गाउँपालिकामा जंगली जनावरको आतंक

बटेशवर,धनुषा

सुरेन्द्र सिंह, धनुषा जिल्लाको उत्तरवर्ती क्षेत्र लक्ष्मीनिवासमा निल गाई (घोर गदहा), बाँदर र जंगली सुंगुरको कारणले स्थानिय किसानहरु आतंकित भएका छन् । हाल बटेश्वर गाउँपालिका बाडा नं.१ मा पर्ने लक्ष्मीनिवास चित्रपुरमा दर्जनौको संख्यामा निल गाई, हजारौको संख्यामा बाँदर, ५० भन्दा बढी जंगली सुगुरले किसानहरुको खेतबारीमा लगाईएको तरकारी बाली नष्ट गर्ने गरेको छ ।

लक्ष्मीनिवास चित्रपुर बस्ने कमल सिंहको २ कठठामा लगाईएको फल्नै लागेको बोडीको तरकारी खेती दर्जनौको संख्यामा आएका निल गाईले मंगलवार विहान चर्दा नष्ट गरेका छन भने खेतमा लगाइएको आँपबारीमा समेत बाँदरहरुले आँप खानुको साथै टिपेर काँचै आँप फाल्ने गरेका छन् । चित्रपुरका स्थानिय किसान रामउदगार महतोले ५ कठठामा लगाएको परवलको खेतमा समेत दर्जनौको संख्यामा बाँदर, जंगली सुगुर, र निलगाई समेत आएर नष्ट गरेको गरेको बताए ।

आफु किसान मान्छे दिन भर खेतबारीमा काम गर्नु पर्ने, हाट बजार जानुपर्ने भएकाले दिन भर खेत रुमेर बस्न सकिदैन , दिनभरि खेत रुम्दा पनि रातिको समयमा दर्जनौ सुगुर र निल गाइ आएर खेतवारीमा लगाइएको तरकारी तथा आपँबारीमा अहिलेसम्म लाखौको आफनो मात्रै नष्ट गरेको बताए ।यता, लक्ष्मीनिवासकै किसान विजय महतोको लक्ष्मीनिवास र मिथिला नगरपालिकाको कुसुमविसौनामा पर्ने खेतमा लगाएको आपँबारीमा बाँदरले लाखौको क्षति गरेको बताएका छन ।

करिब एक डेढ वर्ष पहिले केही संख्यामा देखिएको बाँदर अहिले हजारौको संख्यामा देखिन थालेको उनले बताए । केही समय पहिले ६ वटा संख्यामा देखिएको निल गाई अहिले दर्जनौको संख्यामा देखिएको छ भने ५० भन्दा बढीको संख्यामा जंगली सुगुरको आतंकले गर्दा खेतबारीमा तरकारी खेत लाउन समेत डराउन थालेका छन ।हजारौको लगानी गरि लगाइएको तरकारी बालीमा ती जंगली जनावरहरुले गर्दा किसानहरु चिन्तित भई रातिको समयमा समेत आफुहरु खेतमा गई बाँदर , सुगुर , निल गाई रुम्नु परेको स्थानिय लक्ष्मीनिवासका किसान रामअशिष महतोले बताएका छन ।धनुषाको मिथिला नगरपालिकाको कुसुमविसौना, बटेश्वर गाउँपालिकाको चित्रपुर, लक्ष्मीनिवास, कटानी टोल, विजयपुर, सोनापुर, भुचक्रपुर क्षेत्रको एक मात्र तरकारी तथा आपँको बगानबाट किसानहरुले जिविकोपार्जन गर्दै आएको भएपनि केही समयदेखि जंगली जनावरको आगमनले गर्दा दिउँसोको समयमा समेत खेतबारीमा एक्लै जान समेत डर लाग्ने गरेको स्थानियहरु बताउँछन ।महिलाहरुलाई अझ घाँस, दाउरामा जादा बाँदरहरुले तर्साउने गरेको स्थानियहरुको गुनासो रहेको छ ।

वर्षौदेखि जंगली जनावरको आतकको विचमा रहेको सो क्षेत्रका किसानहरुको पिडा बारेमा जिल्ला वन कार्यालय धनुषामा जानकारी गराउँदा समेत केही सुनुवाई नभएको स्थानियबासिन्दाहरुको गुनासो रहेको छ ।जंगलबाट आएका जंगली जनावरलाई नियन्त्रण गरि जंगलतर्फ पठाई दिन स्थानियबासिन्दाहरुले आग्रह गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *