
उदयपुर, असार ८ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली जनतालाई मसिनो चामल खान आग्रह गरेका छन । पहिलो स्थानीय तहमा कांग्रेस, एमाले लगायतका दलले पिठो बेचे हामीले चामल बेच्न सकेनौ तपाईहरु मसिनो चामल किनेर खानुस उदयपुरमा प्रचण्डले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले मसिनो चामल भनेको माओबादी केन्द्रलाई मतदान गरेर बिजयी बनाउनु भएको बताएका छन । प्रचण्डले सिंहदरबारको अधिकार गाउँ घरमा आएको उल्लेख गर्दे एमाले र कांग्रेस गणतन्त्र बिरोधी पार्टी भएको आरोप लगाए । प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय एकतालाई सुदृढ गर्नुका साथै छिमेकी मुलुकसँगको सम्बन्धलाई मजबुत बनाएको बताए ।
Facebook Comments