Loading...
आफुलाई राष्ट्रबादी भन्ने एमालेको यस्तो घटिया कृयाकलाप ! जस्को बारेमा सारा देश जान्न चाहन्छ पर्दाफास

काठमाडौं । दोस्रो चरणको स्थानइि निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारवाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् ।उनी एमालेको मोरङ सह-इञ्चार्ज हुन् र त्यहीँ उनले उठ्तीपुठ्ती गरेको उजुरी छ । रकमको मात्रा कम, तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छा प्रकरणजत्रै बनेको छ । त्यसमाथि रुपनाराणले आफू बच्नका निम्ति विभिन्न व्यक्तिको नाम पोलेका छन् ।

कतिपयले उनको आरोप अस्वीकार गरिसकेका छन् । तर, छानवीनचाहिँ भइरहेको छ ।यसरी रुपनारायणलार्इ सप्रमाण फन्दामा पार्ने कामरेड हुन्, अदुवा र अलैंची बेचेर पैसा कमाएका डिल्लीराम खतिवडा । साविकको केराबारी गाविस र हाल कायम हुन आएको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा खतिवडा त्यहाँका अगुवा एमाले हुन् । पूर्वाञ्चल पर्यटन परिषद्का अध्यक्ष उनी धनकुटाको भेडेटारमुनि जेफले डाँडामा होमस्टे चलाउँछन् । उनको घरै त्यहीँ पर्छ ।मिक्लाजुङ डाँडालाई आधार मानेर व्यवसाय गर्ने क्रममा खतिवडाले राम्रै पैसा कमाएका छन् । त्यही पैसामा आँखा लगाउँदा रुपनारायण फसेको बताइन्छ ।

चुनाव लड्न टिकट दिन्छु भन्दै रुपनारायणले पैसा मागेको, तर टिकट अर्कैले पाएको रिसमा डिल्लीले इटहरीस्थित १ नं. प्रदेश सम्पर्क कार्यालयमा अडियो रेकर्डसहित उजुरी दर्ज गरेका हुन् । वैकल्पिक केन्द्रीय सदस्य तथा कार्यालय इञ्चार्ज धर्मराज निरौलाको हातमा थमाएको उजुरीमा केन्द्रीय सचिव तथा प्रदेश संयोजक भीम आचार्य, पत्नी नीरादेखि मोरङ पार्टी अध्यक्ष तथा हाल विराटनगर महानगरपालिकामा मेयरका उम्मेद्वार विनोद ढकालसम्मको नाम उल्लेख भएपछि विषयगम्भीर बनेको हो ।

रुपनारायणले भीम आचार्यको नाम लिँदै रकम बार्गेनिङ गर्नेक्रममा डिल्लीले ‘यसमा किन उनलाई मुछ्ने?’ भन्दै प्रश्न गरेपछि विनोद ढकालको हवाला दिइएको छ ।टिकटको नाममा दुई करोड रकम आर्जन गर्ने उद्देश्यसहित उनले यस्तो गरेको आरोप एमाले नेताहरुले लगाएका छन् । डिल्लीमात्र होइन, मधुमल्ला गाउँपालिकाको अध्यक्ष पदका लागि भेषराज काफ्लेसँग २१ लाखबाट कुरा शुरु गरेर १५ लाखसम्म झरेको उजुरी परेको छ । तर, त्यहाँबाट देवी आचार्यले टिकट पाए । भेषराजले पैसा दिन नसक्ने भनेपछि नरेन्द्र ढुंगेलसँग पनि कुरा चलाएका रहेछन् ।सुन्दर हरैंचामा माधव नेपाल पक्षका राजकुमार ओझा मेयरका बलिया प्रतिस्पर्धी थिए ।

तर, त्यहाँ ओली पक्षधर केदार गुरागाइँ र अर्जुनराज अधिकारीबीच चर्को प्रतिस्पर्धा हुँदै अन्ततः गुरागाइँले बाजी मारेका छन् । टिकट नपाएकाहरुले भन्ने नै भए, ‘पैसा बुझाउन नसक्दा यस्तो हालत भयो ।’रुपनारायणले टिकट नपाएका राजकुमार र अर्जुनसँग पनि पैसाको सौदा गर्न भ्याइसकेका रहेछन् । उनले मधुमल्ला र उर्लाबारीमा वडाध्यक्षका आकांक्षीसँग बढी कुरा गरेको पार्टी अनुसन्धानबाट खुलेको धुम्बाराहीस्रोतले जनाएको छ ।देश कार्यालयमा उजुरी परेपछि सोधिएको लिखित स्पष्टिकरणमा उनले मिक्लाजुङ गाउँपालिका र सुन्दर हरैँचा नगरपालिकाका लागि आफूलाई विनोद ढकालले अह्राएर त्यस्तो काम गरेको किटानी गरेकाछन् ।

रूपनारायणलाई अहिले धुम्बाराही मुख्यालय तानेर अनुसन्धान गरिँदैछ र कारबाही गर्ने सबै जिम्मा छ महासचिव ईश्वर पोखरेललाई । उनले यस्तो काम गर्नुअघि कहाँ, कसलाई उम्मेद्वारीको चाहना छ भन्ने बुझे । उनी आफैं पनि केपी ओली पक्षधर मानिन्छन् ।मोरङका नेता गुरु बराल केपीका विश्वासपात्र । रुपनारायण चुनावअघि हरदम उनैसँग हुन्थे र कुरा बुझ्थे ।

त्यसपछि सम्बन्धित व्यक्तिलाई फोन गर्न थाल्थे । उजुरीकर्ता डिल्ली खतिवडा माधवपक्षधर मानिन्छन् । पूर्व कोशी इञ्चार्जजीवन घिमिरेहरु अनौपचारिक छलफलमा भन्ने गर्छन्– आफ्नै कार्यकर्तासँग त यसरी रकमउठाउनेले व्यापारी, कर्मचारी र सुरक्षाकर्मीसँग झन् कति कुम्ल्याउन भ्याएका होलान् ?– जनआस्था

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *