Loading...
काङ्रेश एमालेलाई कडा टक्कर दिने उमेश यादव भन्छन्- चुटकी मे मशल दुङगा

विराटनगर असार, ८ । तराई राजनीतिका अधिकांश नेता नेपाली कांग्रेस पृष्ठभूमिका छन् । विराटनगर उपमहानगरपालिकाका मेयर उम्मेदवार उमेश यादवको पृष्ठभूमि पनि कांग्रेस नै हो । जातीय मुक्ति तथा मधेसी जनताको हकहित निम्ति कांग्रेस तथा एमालेबाट नेताहरूले जब धमाधम विद्रोह गरे, यादव पनि त्यो विद्रोही टिममा मिसिन पुगे ।२०६२ र ०६३ को जनआन्दोलनपछि भएको पहिलो मधेस आन्दोलनमा होमिए । २०४६ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति गरिरहेका उनी तराई आन्दोलन हुँदा तत्कालीन मधेसी जनअधिकार फोरममा आवद्ध भए । मधेस आन्दोलनपछिको पहिलो संविधानसभा चुनावमा फोरम चौथो शक्ति भएर नेपाली राजनीतिमा उदायो ।

मधेस आन्दोलनको एउटा प्रमुख क्षेत्र विराटनगरका तीन वटा क्षेत्रमा फोरमले विजय हासिल गर्यो । निर्वाचन क्षेत्रका हिसाबले मोरङका ९ मध्ये चार वटा क्षेत्र फोरमले जितेको थियो । यीमध्ये ५, ६ र ७ नम्बर क्षेत्र विराटनगरमहानगरपालिकासँग जोडिन्छन् । यी तीनै क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन लागेका उमेश त्यहीँ पहिलो संविधानसभा निर्वाचनको मत र फुटपछि ल्याएको प्रतिस्पर्धी मतको विश्लेषणका आधारमा चुनाव लड्दैछन् ।पहिलो संविधानसभा चुनावमा ५ नम्बरमा उपेन्द्र यादव, त्यहीँ उपनिर्वाचन हुँदा जयराम यादव, ६ मा भीमलाल राजवंशी र७ मा विजयकुमार गच्छदारले चुनाव जितेका थिए ।

तर, उपनिर्वाचन हुँदा ७ मा कांग्रेसले जितेको थियो । पहिलो संविधानसभाको दुई वर्षमै फोरम दुई टुक्रा भइसकेको थियो। मधेस आन्दोलनका दुई सहयात्री उपेन्द्र यादव र विजयकुमार गच्छदार दोस्रो संविधानसभामा अलग–अलग चिन्हमा चुनाव लडे । विराटनगर महानगरभित्र जोडिएका क्षेत्रहरूमा संविधानसभा दोस्रो निर्वाचन मत परिणाम हेर्दा कांग्रेसपछिशक्तिशाली लोकतान्त्रिक फोरम र फोरम नेपाल देखिएका छन् । ६ र ७ नम्बर क्षेत्रमा संघीय समाजवादी फोरम तेस्रो ठूलो शक्ति बनेको थियो, ५ नम्बर क्षेत्रमा समाजवादी फोरम दोस्रो थियो ।

‘हामी एक्लै चुनाव लड्नसक्ने शक्ति हौं,’यादवको दाबी छ, ‘तैपनि केन्द्रबाट माओवादीसँग चुनावी तालमेल गरिएकाले हामी थप शसक्त भयौं ।’ दोस्रो संविधानसभा चुनावका हिसाबले यी क्षेत्रमा माओवादीले ‘हैसियत देखाउन’ सकेको थिएन । पाँच नम्बर क्षेत्रमा नेपाली कांग्रेसका नेता अमृत अर्यालले १५,२९४ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी उपेन्द्र यादवले १२,२६६ मत ल्याएका थिए ।

यो क्षेत्रको परिणाममा नेपाली कांग्रेसलाई संघीय समाजवादी फोरमले टक्कर दिने देखिन्छ । ६ नम्बर क्षेत्रमा महेश आचार्य १२,५५२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी फोरम लोकतान्त्रिकका भक्ति माझीले ७,५६८ मत ल्याएका थिए । यहाँ संघीय समाजवादी फोरम तेस्रो स्थानमा थियो। यहाँ कांग्रेसको प्रतिस्पर्धी लोकतान्त्रिक फोरम देखिन्छ ।

७ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी भएका थिए । उनी १२,९८२ मतले विजयी भएका थिए । उनलाई फोरमलोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले टक्कर दिएका थिए । गच्छदारले १०,५६४ मत ल्याएका थिए । यो चुनावी मतपरिणामले यहाँ कांग्रेस र लोकतान्त्रिकबीच प्रतिस्पर्धा छ । लोकतान्त्रिकसँगको तालमेलले एमालेलाई ६ र ७ नम्बर क्षेत्रबाट फाइदा पुग्नेछ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मोरङ अध्यक्ष भक्तिनाथ माझी भन्छन्, ‘एमालेसँगको सहकार्यले हामीलाई चुनाव जित्न थप मद्दत पुगेको छ ।’ माओवादी र संघीय फोरमका संयुक्त उम्मेदवार उमेश यादव विगतमा ‘टेक्निकल’ कारणले चुनाव हारेको बताउँछन्।

परिवर्तनकारी दुई शक्तिबीच भएको चुनावीतालमेलले आफ्नो जित निश्चित भएको उनले बताएका छन् । ‘हामी एक्लैले जित्ने आधार हुँदाहुँदै माओवादी केन्द्रसँग एलाइन्स गर्ने अवस्था आयो । माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो, संघीय समाजवादी फोरम पनि परिवर्तनकारी शक्ति नै हो । दुबै शक्ति एकठाउँ हुँदा जित्ने सम्भावना झन् बलियो भयो,’ यादवले भने ।विराटनगर–१८ मा २०३१ सालमा जन्मेका यादव २०५३ सालमा एक वर्ष जेल परे । एमालेअखिलसँगको मुठभेडमा एक विद्यार्थी नेताको मृत्युको विषयलाई लिएर उनीमाथि मुद्दा दायर गरिएको थियो । पछि नेपाली कांग्रेस सरकारमा आएपछि उक्त मुद्दा फिर्ता लिइएको थियो ।

महेन्द्र मोरङ क्याम्पसमा स्नातकसम्मको अध्ययन गरेका उनले २०५६ सालमा अन्तरजातीय बिहे गरे । सोही विषयमै उनी एक वर्ष काठमाडौंस्थापित भए । अन्तरजातीय बिहेकै कारण विस्थापित भएको आफैंले भोगेपछि उनमा जातजातिबीचको विभेद अन्त्य हुनुपर्छ भन्ने चेतना विकसित भएको थियो । दोस्रो मधेस आन्दोलनसम्म उनी फोरममै रहे । कतिपय नेताहरू कांग्रेसमै फिर्ता भइरहँदा पनि उनी फोरममै सक्रिय भइरहे । दोस्रो मधेस आन्दोलनको विराटनगर परिचालन उनकै नेतृत्वमा भएको थियो ।

माओवादी केन्द्रसँग चुनावी तालमेल भएपछि थप उत्साहित भएका उनी भन्छन्, ‘हाम्रो जित सुनिश्चित भइसकेको छ, हामी पाँच वर्षभित्रमा सफा, स्वच्छ र नेपालकैदोस्रो शक्तिशाली सहर बनाउँछौं ।’ तल्लो तहका मधेसी जनताको समर्थन, उत्पीडित, दलित तथा आदिवासीको हकहित चाहने सबै वर्गका नागरिकबाट आफूले मत पाउने उनी बताउँछन् ।

शैक्षिक गतिविधिको केन्द्र, बाटोघाटो निर्माण, खानेपानी सुविधा, औद्योगिक सहर बनाउने एजेन्डा आफूसँग रहेको यादव बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *