
अजमबर राइ काङमाङ,
स्थानीय निकायमा प्रतिस्पर्धी दलहरूका केन्द्रीय चुनावी घोषणा / प्रतिवध्दता पत्र पढ्दा म चाहिँ नेपालमा होइन, युरोपको कुनै विकसित देशमा छु जस्तो भ्रममा पर्छु । भोजपुरकै दलीय घोषणा / प्रतिवध्दता पत्र पढ्दा पनि दक्षिण कोरियातिर छु जस्तै लाग्छ ।
नेपाली नागरिकलाई झुक्याउने राष्ट्रिय राजनीतिबाट भोजपुर पनि कहिल्यै मुक्त भएन ।’माना खाएर मुरी उब्जाउने’ यो मध्य असारमा भोजपुरमा पनि चुनावी चटारो छ । सबै कच्ची सडकहरू हिलाम्मे छन् ।
बाध्यतापूर्वक गर्नुपर्ने सडक यात्रा सौखिनहरूको ‘एडभेन्चियर्स ट्राभल्स’ जस्ता हुन्छन् । हत्केलामा ज्यान राखेर कुदनु पर्छ ।साथी भाइ, समिति, उम्मेदवारले सार्वजनिक कार्यक्रमहरूमा सम्बोधनार्थ निम्ता दिन्छन् । ‘सक्दिनँ’ भन्यो पत्यक्ष परोक्ष थर्काउछन् । जानै पर्यो भन्यो छाता ओढ्दै हिलो माथि ‘कमलको फूल’ जस्तै भएर उकाली, ओरालीहिड्नु पर्छ ।
फरक मौसम, फरक भौगोलिक धरातल, नियमित खटाइ, अनियमित खानपिन र आकस्मिक भोजनले शरीरले सन्तुलन गुमाउनु थालेकाे छ । ओखतीकाे भरमा चुनावी अभियन्ता हुनुपरेको छ, किनकी ‘हातले समातेकाे मसाल’ चिह्नका उम्मेदवारहरूलाई जिताउने जिम्मा समयले हाम्रै काँधमा सुम्पिएको छ । अजमबर राइ काङमाङ
Facebook Comments