Loading...
सघिय लोकतान्त्रीक गणतन्त्रको बाली नेपाली जनताले भित्र्याउने : प्रचन्ड

बाके, असार ८ । सघिय लोकतान्त्रीक गणतन्त्रको बाली माओबादीको नेतृत्वमा नेपाली जनताले भित्र्याउनेमा आफु बिस्वस्त रहेको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डले बताएका छन । बाकेको खजुरी गाउपालिकाको चुनाबी सभालाई सम्बोधन गर्दै प्रचन्डले यस्तो बिश्वास ब्यक्त गरेका हुन ।

प्रचन्डले द्वन्द पीडितलाई थप ५ लाख दिने निर्णय आफ्नो नेतृत्वको सरकारले गरेको खुलाउदै चुनाब सकिने बितिकै बितरण हुने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले माओबादीको नेतृत्वमा स्थानिय सरकार बनाउन माओबादी केन्द्रका उम्मेद्वारलाई मतदान गर्न पनि आग्रह गरे ।

प्रचन्डले सघियता, गणतन्त्र र धर्मनिरपेक्षताको जननि माओबादी भएकोले माओबादीकै नेतृत्वमा मात्र सस्थागत हुने दाबी गरे । उनले स्थानिय तहको निम्ती आफु नेतृत्वको सरकारले निर्वाचन आचारसंहिताका बाबजुत नया कार्यक्रम दिन नसके पनि अरबौ बजेट बिनियोजन गरेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *