Loading...
सबैलाई मिलाउन सक्ने कांग्रेसलाई मत दिन आग्रह

नेपालगञ्ज, ८ आषाढ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले स्थानीय तहको दोश्रो चरणको चुनावमा नेपाली काँगे्रसलाई जिताउन मतदातासंग आग्रह गर्नुभएको छ ।

नेपालगञ्ज–१ स्थित विशाल चौकमा आयोजित नेपाली काँगे्रसको प्रचार–प्रसार सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थानीले लोकतन्त्र र विकासको आधारस्तम्भ कांग्रेस नै हो भन्ने जनताको अपार विश्वासलाई विजयमा परिणत गर्नुपर्ने दायित्व काँग्रेसको काँधमा आएको बताउनुभयो ।

स्थानीय तह निर्वाचनका लागि बाँके खटिएर आउनुभएका थानीले लोकतन्त्रको संस्थागत विकास गर्ने र आर्थिक विकास तथा समृद्धिका कार्यक्रम सञ्चालन गर्ने सवालमा काँगे्रसको प्रतिस्पर्धा कसैसँग नभएको जिकीर गर्दै कार्यकर्तालाई एकजुट भएर प्रचार प्रसारमा लाग्न अपील गर्नु भयो । मधेशी, मुस्लिम, आदिवासी,जनजातिलाई मिलाएर लैजान सक्ने पार्टी काँगे्रस नै भएकाले सबैबाट मत आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

काँगे्रस केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनका लागि काँगे्रसको विजय अनिवार्य भएको बताउनुभयो । अतिवादी सोंच भएका व्यक्ति र पार्र्टीको राष्ट्र निर्माणम कुनै स्थान नभएको भन्दै उहाँले काँगे्रस शिवाय अरु पार्टीले निकास र विकास दिन नसक्ने जिकीर गर्नुभयो ।

उपमहानगरपालिकाका मेयर उम्मेद्वार डा. सुरेश कनोडियाले नगरको विकासका लागि नै आफ्नो उम्मेदवारी भएकाले विजयी बनाउन मतदातालाई आहवान गर्नुभयो । यस्तै उपमेयरका उम्मेदवार उमा थापाले स्थानीय समस्याको समाधान र विकासका सम्बन्धमा जानकार भएकाले नेपालगञ्जको विकासकोलागि कांग्रेसका उम्मेद्वारहरुलाई मतदान गरि अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नुभयो । काँगे्रस सभापति किरण कोइरालाले काँगे्रसले नै सबैको हित गने भएकाले काँगे्रसका उम्मेद्वारलाई जिताउन अपिल गर्नु भयो ।

कार्यक्रममा वडा अध्यक्ष उम्मेदवार सीता काफ्लेले महिलाले नि नेतृत्व गर्न सक्छन भन्ने उदाहरण देखाउन वडावासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बाँकेका नेपाली कांग्रेसका सांसद, पुर्वसांसद, अग्रज नेता कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो । सभापछि उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका थिए । बिहिबार धम्वोझी, शिव मन्दिर र घरबारी टोलमा पनि सभा गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *