Loading...
स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रका उम्मेदवारहरुलाई मत दिई विजयी गराउन प्रचण्डको आग्रह

कैलाली, असार ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रका उम्मेदवारहरुलाई मत दिई विजयी गराउन आग्रह गरेका छन् । उनले धनगढी उपमहानगरपालिकालाई छिट्टै महानगरपालिका बनाउने घोषणा समेत गरेका छन् । कैलालीको फुलबारीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अत्तरिया र धनगढीलाई जोडेर धनगढी महानगरपालिका बनाउने आफ्नो पार्टीको योजना रहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र धनगढीका सबै उम्मेदवारलाई विजयी गराएमा यो सम्भव रहेको पनि बताए । उनले आफ्नो १० महिने कार्यकाल सफल भएको दाबी गर्दै यसरी नै माओवादीले दश वर्षसम्म काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दश महिनाको अवधिमा उल्लेख्य आर्थिक बृद्धिदर हासिल गर्न सफल भएको बताए ।

उनले छिमेकी मुलक चीनले लागू गरेको ‘वान वेल्ट वान रोड’ नीति अन्तरगत रहेर चीनसंग सम्झौता भएको र चीनबाट नेपालमा ठूलो लगानी भित्रिने, ठूला उद्योग खुल्ने तथा उल्लेख्य रोजगारीका अवसर सिर्जना हुनसक्ने बताए । नेकपा माओवादीका कारणले नै देशमा स्थायी शान्ति, गणतन्त्र, धर्म निरपक्षेता, संविधान लगायतका महत्वपूर्ण कामहरु भएको स्मरण गर्दै नेता प्रचण्डले अबको बाटो राष्ट्रलाई समृद्धि पार्नु र संविधान कार्यान्वयन गराउनु रहेकाले माओवादी केन्द्रको नेतृत्व आवश्यक हुने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *