Loading...
यस कारण मधेशी नेताहरुले भन्ने गरेको छ सर्बोच्च अदालतलाई चौथो पार्टि, सर्बोच्चले निर्वाचन रोकेन

काठमाडौं । सर्वोच्च अदालतले प्रदेश नम्बर ५ मा असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको चुनाव रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।शुक्रबार न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निर्वाचन कार्यक्रम अनुसारप्रक्रिया सञ्चालन भइरहेको लगायतकाकारण देखाउँदै निर्वाचन रोक्ने गरी अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेकोहो ।

निर्वाचनको वातावरण नभएको भन्दै अधिवक्ता सुनिलकुमार पटेलले प्रदेशनम्बर २ र ५ का ११ जिल्लाको निर्वाचनरोक्न माग गर्दै रिट दायर गरेका थिए । तर, सर्वाेच्चले आदेश दिन अस्वीकार गरेको हो ।यद्यपी सरकारले राष्ट्रिय जनता पार्टीको सहमतिमा प्रदेश नम्बर २ कोनिर्वाचन असोज २ गतेलाई सार्ने निर्णय गरिसकेको छ । निवेदकले दुई नम्बर प्रदेशसँगै पाँच नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्न माग गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *