
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य प्रदिप नेपाललेकाठमाडौं महानगरपालिकाका प्रमुख एवं आफ्नै पार्टीका नेता विद्यासुन्दर शाक्यलाई जनप्रतिनिधिका लागि मोबाइल खरिदको निर्णय फिर्तालिन आग्रह गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले शाक्यलाई आफ्नो प्रतिवद्धता अनुसार काम गर्न सार्वजनिक रुपमै आग्रह गरे । उनले जनप्रतिनिधिको सेवा सुविधाका बारेमा मदन भण्डारीबाट सिक्न पनि शाक्यलाई सुझाव दिएका छन् । अन्यथा आफूजस्ता शाक्यका मतदाताले आफैंलाईधिक्कार्नुपर्ने दिन आउने उनले चेतावनी दिएका छन् ।
Facebook Comments