Loading...
देउवालाई राजपाले तताउने, १ महिना नहुँदै समर्थन फिर्तालिने तयारीमा

काठमाडौ । चुनाव वहिष्कारको आन्दोलनमा लागेको राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारीमा छ ।राजपा नेपालका सह–अध्यक्ष ह्रदय त्रिपाठीले आज आफ्नो गृहजिल्ला नवलपरासीमा पत्रकार सम्मेलन गरेर नै सरकारबाट समर्थन फिर्ता लिने जनाएका हुन् । सरकारबाट समर्थन फिर्ता लिने तयारी भइरहेको बताए पनिकहिले फिर्ता लिने भने उनले खुलाउन चाहेनन् ।उनले यति भने, ‘सुरक्षाको नाममा सरकारले मधेशमा गरेको ज्यादतीका कारण आफूहरु सरकारलाई समर्थन दिइरहने अवस्था अब छैन ।’

प्रदेश नम्बर ५ मा थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर निर्वाचन गराउन थालेको भन्दै नेता त्रिपाठीले सुरक्षाकर्मीले ज्यादती गरेको आरोप लगाए । मधेशवादीदलसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा सरकारलेउल्टै ज्यादती गरिरहेको उनले आरोप लगाए ।यता सोही पार्टीका महासचिव जितेन्द्र सोनलले भने, ‘सरकारको यस्तै रवैया रह्यो भने सरकारबाट समर्थन फिर्ता लिन बाध्य हुन्छौँ’ उनले बताए । यद्यपी उनले असार १४ गतेसम्म सरकारलाई कुर्ने बताए ।

सरकारले पनि असार १४ गतेसम्म मधेशकोमागको बारेमा छलफल नगर्ने बताएको छ । सरकारले सवै ध्यान अहिले दोस्रो चरणको चुनावमा लगाएको छ ।असार ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र अनिलकुमार झासँगको छलफलमा असार १४गतेसम्म केही पनि गर्न नसकिने जनाउ दिएका थिए ।

राजपा नेपालसँग भएको सहमतिहरु आफूले पूरा गर्ने तर असार १४ गतेपछि मात्र कही गर्ने प्रधानमन्त्री देउवाले गरेका थिए । तर, असार १४ गते हुने चुनावलाई विथोल्न राजपा नेपालले आन्दोलनका विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् ।आन्दोलनको क्रममा प्रहरीको ज्यादतीबढ्यो, सुरक्षा थ्रेट कायमै रह्यो भने सरकारबाट समर्थन फिर्ता हुनेसम्मको निर्णय लिने राजपा नेपालका महासचिव केशव झाले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *