Loading...
काङ्रेश , एमाले र माओबादीको निशानामा फोरम नेपाल्, उमेद्वारमाथी आक्रमण

१० असार, काठमाडौं । नेपालगञ्ज उपमहानगरमा संघीय समाजवादी फोरम नेपालको मेयरका उम्मेदवारमाथि अज्ञात समूहले आक्रमण गरेको छ । फोरम उम्मेदबार कमरुद्दीन राईनमाथि शुक्रबार राति दश बजे तिरा एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको थियो ।

नकाप बाँधेर मोटरसाइकलमा आएको एक समूहले गाडीमा अन्धाधुन्ध ईट्टा ढुङा लगायत ले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँके जनाएको छ । ईटा प्रहारबाट बा ।९च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् ।

उम्मेदबार राईनलाई चोटपटक लागेको छैन ।फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउगरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । मेयर उम्मेदबार राईनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *