Loading...
फोरम नेपालका उमेदवार भन्छन्- मेगा सिटी बनाउने कुरो हावादारी

मोरङ, १० असार । सुनवर्षी नगरपालिकामा संघीय समाजवादी फोरम नेपालका तर्पmबाट नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनेका छन्, चर्चित समाजसेवी सदानन्द यादव । समाज सेवाको माध्यमबाट जनतामा लोकप्रिय बनेका यादवलाई नगरपालिकाको प्रमुख पदको बलियो दाबेदार मानिएको छ ।यस नगरपालिकाको उपप्रमुख पदमा भने विदिनुरुन निशालाई उम्मेदवार बनाइएको छ ।

विदिनुरुन मुस्लिम समुदायकी लोकप्रिय नेतृहुन् ।मोरङको पूर्वी दक्षिण बग्ने बक्राहा नदी र डाँठ नदीको बिच भागमा रहेको सुनवर्षी नगरपालिकामा जम्मा ९ वटा वडा रहेका छन् भने यहाँ करिब २८ हजार मतदाता रहेको बताइएको छ ।प्रस्तुत छ सुनवर्षी नगरपालिकाका उम्मेदवार सदानन्द यादवसँगसन्डेखबरले गरेको संक्षिप्त कुराकानीको अंश :तपाईको उम्मेदवारी किन ? तपाईले जित्ने आधार के के छन् ?हेर्नुहोस, यो क्षेत्रमा कांग्रेस र एमाले जस्ता पुराना पार्टीले नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएका छन् ।

सरकारबाट प्राप्त हुने विभिन्न शिर्षकका अनुदान बजेट, योजनाका रकम, विकास निर्माण र बृद्ध भत्तासमेतमा कर्मचारीहरुसँग मिलेमतो गरी आफ्ना कार्यकर्ताको पालनपोषणमा लगाएका छन्। त्यसैले यस्ता पुराना बेतिथिबाट नगरबासीहरुलाई राहत दिन र विकासका कार्यहरुलाई दु्रत गतिमा अगाडि बढाउनका लागि मेरो उम्मेदवारी हो । जनताको काममा मैले देखाउदै आएको समर्पण र प्रतिबद्धताका कारण अब जनताले मलाई भोट दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

यो नगरपालिकाको प्रमुख समस्याहरु के के हुन् ?यस नगरपालिकामा नागरिकता, सिंचाइ, सडक, शिक्षा, बेरोजगारी, खानेपानी, विजुली, स्वास्थ्य नै हुन् । मैले यस नगरपालिकालाई धार्मिक पर्यटकीय नगरपालिकाको रुपमा समेत विकास गर्ने सोच बनाएको छु ।यी समस्याहरुको समाधान गर्ने योजना बनाउनु भएको छ ?हो, मैले समस्या पहिचान गरी समाधानको योजना समेत बनाएको छु ।

समस्या समाधान यसरी गर्न सकिन्छ ।नागरिकता :यो नगरपालिकामा नागरिकता जटिल समस्या छ । नगरको दक्षिण भेग छिमेकी देश भारतसँग सिमा जोडिएको हुनाले र त्यहाँ मुस्लिम समुदाएको बस्ती भएको हुनाले राज्यले जहिले पनि शंकाको आँखाले हेरेर स्थानीयबासीलाई नागरिकता लिनबाट समेत बञ्चित गर्दै आएको छ । अब स्थानीय तह आपैmले नागरिकतासमेत वितरण गर्न सक्ने भएकोले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली जनताको पहिचान गरी सबैलाई नेपाली नागरिकता वितरण गरी नगरपालिकाको भौतिक विकास निर्माणमा सामाजिक एकताको भावना जगाउनुपर्नेछ । नेपाली नागरिकता लिनबाट बञ्चित भएकाहरुलाई नागरिकता दिएर उहाँहरुलाई साचो अर्थमा नेपालीपनको आभास दिलाउदै देशको राष्ट्रिय एकताको सुत्रमा बाध्नुपर्ने अहिलेको आवश्यकता हो ।

सिंचाइ :नगरपालिकाको मुख्य पेसा नै कृषि भएको हुँदा यसको स्थायी समााधानका निम्ति दिर्घकालीन ठूला याजनालाई नै बनाएर अगाडि लैजाने तयारी गरेको छु । डाँठ खोलाबाट नहर बनाएर किसानको खेतखेतमा सिंचाइ पुर्याउने र यसको तठबन्धन पनि गरेर यहाँका बासिन्दालाई खोलाको कटानको मारबाट समेत बचाउने योजना बनाएको छु । कृषि विद्युत घरघरमा पुर्याएर एकएक थान पम्म सेट प्रति २० कठ्ठाका दरले निःशुल्क दिने व्यवस्था मिलाएको छु ।सडक :यस नगरपालिकाका सडकको अवस्था बेहाल छ ।

विकासको काममा सवभन्दा पहिला सडक नै निर्माण गर्नुपर्ने छ । सबभन्दा पहिला दुई बर्षभित्रमा पुरै ग्रावेल र पाँच बर्षभित्रमा सम्पूर्ण टोल हुँदै वडा र वडा हुँदै नगरपालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गर्ने मेरो योजना रहेको छ। पाँच वर्षभित्रमा नगरपालिको काँचुली फेर्ने मेरो योजना रहेको छ ।कृषि :यो नगरपालिकाका ९५ प्रतिशत जनताको मुख्य आयआर्जनको स्रोत नै कृषि रहेको हुनाले सबभन्दा पहिला परम्परागत खेती प्रणालीमा सुधार गर्नुपर्नेछ । खेती प्रणालीको आधुनिकीकरण गर्ने, उन्नत जातका विउविजन वितरण गर्ने, खेतीका लागि आवश्यक मल उपयुक्त समयमा उपलब्ध गराउने मेरो योजनाछ । यसबाट कृषकको आर्थिक उन्नती भई समग्रमा नगरपालिकाको समृद्धि चाडै प्राप्त गर्ने मैले योजना बनाएको छ ।उद्योग :यो नगरपालिमा साना तथा घरेलु उद्योगबाहेक ठूला उद्योग छैनन् ।

यस नगरमा कृषिमा आधारित उद्योगहरु संचालन गरी प्रशस्त आम्दानी गर्न सकिन्छ । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्थानीय स्तरमै उपलब्ध हुने हुँदा उद्योग सञ्चालन गर्न पनिसहज हुनेछ । स्थानीय स्तरमा उद्योग र कारखानाहरु स्थापना गरी सञ्चालन गर्न सके बेरोजगार समस्या समाधान हुन्छ, युवाहरुले रोजगार नपाएर विदेशीनुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ ।

शिक्षा र स्वास्थ्य :नगरपालिकामा स्वास्थ्य चौकी रहेको भए पनि अत्यन्तै नाजुक स्थितिमा रहेको छ । लामो समयदेखि जनप्रतिनिधि नहुँदा स्वास्थ्य चौकीमा डाक्टर र नर्सहरु पनि नआउने र यसबाट जनस्वास्थ्यमा ठूलो असर परिरहेको छ । अब जनप्रतिनिधि आएपछि यो समस्या पनि समाधान गर्नेछु । सरकारी स्कूललाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्नेछु ।

सरकारी स्कूलहरुलाई पनि अब निजी स्कूलभन्दा राम्रो बनाउने योजना बनाएको छु ।पर्यटन :यो नगरको नाम नै यो पर्यटकीय स्थलबाट राखिएको हुनाले यसको प्रचारप्रसारगरेर यस नगरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनेछु । नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके त्यसबाट समेत नगरपालिकालाई आम्दानी प्राप्त हुनेछ र नगरपालिकाको छुट्टै पहिचान पनि स्थापित हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *