Loading...
एमाले पार्टी परित्याग गरी हरिवन ३ का वडा संयोजक श्रेष्ठ संघीय समाजवादी फोरममा प्रवेश  ।
सरोज यादव/ सर्लाही
संघीय समाजवादी फोरम नेपालले सर्लाहीको नवलपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टी परित्याग गरि हरिवन ३ का वडा संयोजक बिकु श्रेष्ठ संघीय समाजवादी फोरममा प्रवेश गरेका छन ।
वहा संगै अन्य पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ताहरू स.स.फो. मा प्रवेश गरेका छन।
नवप्रवेशी सबैलाई  जिल्ला सदस्य  बिनोद यादव आफ्नो स्वागत मन्तब्य दिदै माला तथा अबिर लगाई स्वागत गरेका थिए । साथै नवप्रवेशीहरू लाई योग्यता अनुसारको उच्च मुल्याङ्कन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
नवप्रवेशी श्रेष्ठले आफु लामो समय सम्म एमाले मा रहेर काम गरे । तर एमाले ले मधेश लगायत मधेशीलाई कहिल्यै पनि सम्मान नगरेको बताए, “मधेशीलाई उच निच को भावना मात्र राख्ने, मधेशी र पहाडी दुई हुन भनी छुट्याउने, यस्ता थुप्रै असभ्य ब्यवहारको कारणले हामी एमाले पार्टी परित्याग गरेका हौ” उनले भने ।
पार्टी प्रवेश कार्यक्रमकै क्रममा हरिवन नगर कमिटी समेत गठन भएको थियो । अध्यक्ष सुरेन्द्र चौधरी , उपाध्यक्ष मदन कुमार घिसिङ , सचिव बिकुनारायन श्रेष्ठ , कोसाध्क्ष राम सुदेश राय सहित २५ जनाको गठन सर्बसम्मतीबाट चयन गरिएको थियो । साथै सम्पुर्णलाई कार्याकालको शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रम हरिवन न.पा. को मेयर उमेदवार गङा लामा को प्रमुख अतिथ्य तथा हरिवन १ का वडा अध्यक्ष उमेदवार र स.स. फो. को जिल्ला सद्स्य समेत रह्नु भएका बिनोद यादव को अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *