Loading...
अज्ञात समुहको निशानामा माओबादी केन्द्र, नवलपराशीमा बम बिष्फोट्, ६ घाइते, ३ को अवस्था गम्भिर

परासी–नवलपरासीको सुनवल नगरपालिकामा बम पड्किदा माओबादी केन्द्रका ६ जना कार्यकर्ताहरु घाईतेभएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ । सुनवल नगर पालिकाको वडा नंं ३ किर्तिपुर हाईवे स्थित एक पुलमा दिउँसो १ बजे तिर बम पड्किदा माओवादीका कार्यकर्ताहरु घाईते भएका हुन् ।

भुमहीबाट निकालिएको माओबादी केन्द्रको चुनावी र्याली पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलको किर्तिपुर हाईवे स्थित सोमनाथ पुलमा आईपुग्दा बम पडकेको ईलाका प्रहरी कार्यालयल सुनवलले जनाएको छ ।

बम पडकेर घाइते भएका मध्ये ३ जना गम्भीर छन भने उनिहरुको बुटवल स्थित लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहेको छ भने अरु ३ जना घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *