Loading...
राजपाका ३ पदाधिकारी र ६ केन्द्रिय सदस्यहरु टाटा बाइ बाइ गर्दै भने  फोरम नेपाल इज द  बेष्ट

काठमाडौं ११, असार । राष्ट्रिय जनता पार्टी (राजपा) को गठन र चुनाव बिथोल्ने निर्णय गरेयता असन्तुष्ट नेता कार्यकर्ताले राजपाछाड्नेको लहर नै चलेको छ । चुनाव बिथोल्ने राजपाको निर्णय मधेश विरोधी भएको आरोप लगाउँदै अधिकांश नेता कार्यकर्ताले राजपा छाडेर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरिसकेका छन् ।

उपेन्द्र यादव नेतृत्वको फोरमले अरू पार्टीसँगै राजपाका धेरै नेतार कार्यकर्ताआफ्नो पार्टीमा तानेपछि राजपाका नेताहरु यादवसँग चिढिएका छन् । त्यही रिसले गर्दा राजपा नेता कार्यकर्ताहरुले यादव विरुद्ध अनेक गतिविधि संचालन गर्दै आएका छन् ।पछिल्लो समय फोरममा जति नेता कार्यकर्ता प्रवेश गरेका छन्, त्यसमा सबैभन्दा धेरै राजपाकै छन् ।

जुन रफ्तारमा मधेसबाट अन्य पार्टीका नेता र कार्यकर्ता फोरम प्रवेश गरेका छन्, सायद त्यो पनि यादवको चुनावप्रतिको उत्साहको एउटा कारण हो ।पार्टी प्रवेशको तथ्यांक अनुसार राजपामा आवद्ध पार्टीबाट अहिलेसम्म तीन जना पदाधिकारी फोरममा प्रवेश गरेका छन् ।

राजपाछोडेर फोरममा जानेहरूमा राजपाका सहमहामन्त्री राजु गुप्ता, केन्द्रीय सचिव प्रयाग राय यादव अर्का केन्द्रीय सचिव कैलाश पटेल रहेका छन् ।राजपा छोडेर फोरममा जानेहरूमा राजपाका सहमहामन्त्री राजु गुप्ता, केन्द्रीय सचिवद्धय प्रयाग राय यादव र सचिव कैलाश पटेल, केन्द्रीय सदस्य योगेन्द्रराय यादव रहेका छन् ।

त्यस्तै, राजपाका आधा दर्जन केन्द्रीय सदस्य फोरम नेपालमा प्रवेश गरेका छन् । राजपा परित्याग गरेर फोरम प्रवेश गर्नेहरूमा नन्दकिशोर वर्मा, रामनारायण मेहता, महाजन यादव, भरत साह, भिमराज यादव र पूर्वसांसद आत्माराम साह रहेका छन् ।राजपाका सिरहा सचिव अरविन्द यादव,जिल्ला नेता भगनी यादव र कपिलवस्तुका जिल्ला नेता रामचन्द्र जयसवाल पनि फोरम प्रवेश गरेका छन् ।

फोरमले केन्द्रीय र जिल्ला तहका नेतासँगै राजपाका थुप्रै कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ । अन्य पार्टीबाट पनि फोरममा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य छन् ।नेपाली कांग्रेसबाट जिल्ला तहका एक जना नेता फोरम प्रवेश गरेका छन् ।

बाँके कांग्रेसका पूर्व्जिल्ला अध्यक्ष विजय यादव प्रवेश गरेको फोरमले जनाएको छ ।अहिलेसम्म एमालेबाट केन्द्रीय तहका एक नेता र एक पूर्वसांसद फोरम प्रवेश गरेका छन् । एमाले केन्द्रीय सदस्य प्रल्हाद गिरीर पूर्वसांसद प्रद्युम्न चौहान फोरम प्रवेश गरेको सो पार्टीले जनाएको छ । एमाले सिराहाका नेता रामबाबु यादव र सप्तरीका नेता दचित्र रञ्जन यादव पनि फोरम प्रवेश गरेका छन् ।

कपिलवस्तुमा एमालेका ७ जना पूर्वगाविस अध्यक्ष, सिराहाका पनि १४ जना पूर्वगाविस अध्यक्ष र सप्तरीमा एक पूर्वगाविस अध्यक्ष फोरम प्रवेश गरेका छन् ।विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय स्तरका नेता र मन्त्री भइसकेका समेत समाजवादी फोरमप्रवेश गरका छन् ।लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य मोहनलाल यादव, दीपक यादव, महेन्द्रप्रसाद चौधरी, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य शत्रुधन महतो समाजवादी फोरम प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सिराहा सदस्य रामएकवाल मण्डल समाजवादी फोरममा आवद्ध भएका छन् । राप्रपाका केन्द्रीय सदस्य असेश्वर यादवसहित सिराहा कार्यसमितिका अधिकांश सदस्य फोरम प्रवेश गरेका छन् ।

पर्सामा उद्योगपति विजय सरावगी, पप्पु कन्स्ट्रक्शनका व्यापारी हरी नारायण रौनियार,उद्योगपति रमेश अग्रवाल लगायत दर्जनौं उद्योगी व्यापारी पार्टी प्रवेश गरेको समाजवादी फोरमको दाबी छ ।फोरममा प्रवेश गर्नेहरूमा अधिकांश राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ता रहेका छन् । कतिपय नेताहरू राजपा बनेकोमा असन्तुष्ट बनेर पार्टी छोडेका छन्, भने कतिपयले राजपाले लिएको चुनाव विरोधी लाइनबाट असन्तुष्ट भएर पार्टी छोडेका छन् ।

समाजवादी फोरममा प्रवेश गर्नेहरूको यो तथ्यांक माघयताको भएको फोरमको प्रचारप्रसार विभागले जनाएको छ । फोरमको प्रचार विभागका अनुसार पार्टी प्रवेश गर्नेहरु मध्ये ९० प्रतिशत भन्दा बढी फोरमले निर्वाचनमा लिने निर्णय गरेपछिको आएकाहरू छन् ।राजपा बन्नुभन्दा पहिला पनि राजपामा आवद्ध दलहरुमा असन्तुष्ट बनेर फोरम प्रवेश गर्नेहरुको संख्या पनि ठुलो रहेको छ ।

तमलोपामा रहेको ‘जातीय अहंकारवाद’का कारणले आफू समाजवादी फोरममा प्रवेश गरेको तमलोपाका पूर्वकेन्द्रीय सदस्य महाजन यादवले बताए ।‘तमलोपामा नातावाद कृपावाद हावी भयो त्यसैले मैले पार्टी छोडेँ,’ उनले भने, ‘मधेसको समस्या फोरमको नेतृत्वमा समाधान हुन्छ भनेर म यो पार्टीमा प्रवेश गरेको हुँ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *