
घोराही, १२ असार । गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ले स्थानीय तहको निर्वाचन बहिष्कार गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार बिहान तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा ‘विप्लव’ समूहलेनिर्वाचन बहिस्कार गर्दैमा कुनै असर नपर्ने बताए ।
‘निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ’, उनले भने, ‘निर्वाचन बहिस्कार गर्ने ‘विप्लव’ समूहलाई जनताले खिल्ली उडाइदिएका छन् ।’उनले भने, ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईले पनि सुन्नु भएको होला । कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगतरुपमा मिल्दैन ।’गृहमन्त्री शर्माले निर्वाचनको बहिष्कार गरेको दाबी गर्ने राष्ट्रिय जनता पार्टी नेपाल र ‘विप्लव’ समूह निर्वाचनमा भाग लिएको बताए ।
‘सबै दलहरूले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएका छन्’, उनले भने ।बम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न ‘विप्लव’ समूहलाई गृहमन्त्री शर्माले चेतावनी दिए । ‘निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले प्रमुख जिम्मेवारी पाएको छ । त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिन्छ’ उनले भने ।
मन्त्री शर्माले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरे ।फरक प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वका साथ लिएको बताए ।
‘राजकुमार श्रेष्ठको खोजी कार्य भइरहेको छ’, उनले भने, ‘प्रहरी सफलता नजिक पुगेको सूचना मलाई दिइएको छ ।’ मन्त्री शर्माले छट्टै अपहरणकारी सार्वजनिक गरिने दाबी गरे ।व्यापारी राजकुमार श्रेष्ठ अपहरणकोघटनामा केही कारणहरू रहेको मन्त्री शर्माले उल्लेख गरे ।
Facebook Comments