
काठमाडौं ११, असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले योजना अनुसार स्थानीय तहको दोस्रो चरणको चुनाव बिथोल्न नसकेपछि चुनाव विरोधी खेमा निक्कै नै चिन्तित बनेको छ । खासगरी, चुनाव बिथोल्ने अभियानमा राजपा निरीह बनेपछि भारतीय राजदूतावास तनावमा देखिन्छ ।राजपाले आफ्नो सबै शक्ति र संयन्त्र प्रयोग गर्दा पनि चुनाव बिथोल्न सकेन ।
असार ४ गतेको उम्मेदबार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण ढंगले सम्पन्न भएयता राजपा शक्तिहीन बनेको छ। चुनाव बिथोल्ने त परै जाओस्, आफ्नै नेता कार्यकर्ता चुनावमा उम्मेदबारी दिएर प्रचारप्रसारमा जुटेपछि राजपा झनै संकटमा परेको छ ।स्रोतका अनुसार भारतीय राजदूत रञ्जिभसिंह पुरीले राजपाका नेताहरुलाई पटक पटक लैनचौर दूतावासमै डाकेर चुनाव बिथोल्न मन्त्रणा दिँदा पनि यो योजना विफल भएको छ ।
दुनियालाई देखाउन भारतले चुनावमा जान राजपालाई सुझाव दिएको नाटक मञ्चन गरेपनि स्रोतका अनुसार राजपालाई उचालेर भारतले नै चुनाव बिथोल्न लगाएको थियो ।बाहिरी दुनियालाई देखाउन भारतले आफूलाई चुनाव समर्थक प्रस्तुत गर्दैछ,तर भित्रि नियत र यथार्थ त्यसको ठीक उल्टो छ ।राजपालाई चुनावमा जाने सुझाव दिएको कुरा भारतद्धारा रचिएको एउटा नाटक मात्रै रहेको यसअघि नै खुलासा भइसकेकोछ ।उच्च राजनीतिक स्रोतका अनुसार भारत कुनै पनि हालतमा नेपालमा चुनाव हुनै दिन चाहन्न ।
जसरी भएपनि चुनाव रोक्ने भारतको भित्रि योजना छ । सरकारले तीन वटै निकायको समयमै चुनाव गराउन तत्पर छ, तर भारत अप्रत्यक्ष रुपमा त्यसको बाधक बनेर उभिएको छ ।‘भारत आफैले चुनाव बिथोल्न मिल्दैन । राजपालाई यस्तै कामका लागि गठन गरियो, अनि अहिले चुनाव बिथोल्न उसलाई सडकमा पठाइएको छ’– उनले भने ।‘चुनाव बिथोल्ने रणनीति अनुसार नै भारतले ६ वटा मधेश केन्द्रीत दलहरुलाईमिलाएर रातारात राजपा गठन गराइदिएको हो । राजपा अहिले जे गर्दैछ त्यो उसको निर्णय वा चाहना हुँदै होइन । पर्दा बाहिर राजपा छ, पर्दा पछाडि भारत’– स्रोतले भन्यो । from news24
Facebook Comments