
यौन दुव्र्यवहारबाट पीडित एक महिलाले आफूमाथिको अनुसन्धान बढाउन प्रहरीले उल्टै यौन प्रस्ताव राखेको दाबी गरेकी छिन् । उत्तर प्रदेशकी एक ३७ वर्षीया महिलाले सो दाबी गरेकी हुन् । उनलाई केही महिनाअघि आफ्ना गाउँका दुई पुरुषले सामूहिक बलात्कार गरेका थिए । आफूमाथि बलात्कार भएको गुनासो गर्दै प्रहरी कार्यालय पुगेकी उनलाई प्रहरी अधिकारी जईप्रकाश सिंहले सेक्स प्रस्ताव गरेका थिए ।
‘सिंहले मेरो इच्छा पूरा गरे मात्र यौनदुव्र्यवहारबारे अनुसन्धान हुने बताए,’ उनको भनाइ उद्धृत गर्दै बेलायतको डेली मेलले लेखेको छ ।गत फेब्रुअरी महिनाको एक साँझ लिफ्ट दिने बहानामा उनलाई ५५ वर्षीय अमिर अहमेद र ४५ वर्षीय सतार अहमेदले बलात्कार गरेका थिए ।
उनले तत्कालै आफूलाई बलात्कार गर्ने स्थानीय दुई व्यक्तिको नाम दिएरै बारम्बार उजुरीदर्ताको प्रयास गरिन्, तर सिंहले मानेनन्, बरू उनलाई फोन गरेर गोप्य स्थानमा भेट्ने प्रस्ताव गरे । प्रहरीको आचरणलाई लिएर महिलाले गुनासो गर्नथालेपछि सिंहले उजुरी गर्ने म्याद गुज्रिसकेको बताए । तर, सिंहले ती महिलालाई फोनबाट दुव्र्यवहार गर्न भने छाडेनन् । सिंहले बारम्बार फोन गरेर महिलालाई भेट गर्न बोलाए ।
सिंहको व्यवहारबाट आजितभएपछि ती महिलाले ऊसँग भएका वार्तालापलाई रेकर्ड गरी प्रहरी प्रमुखलाई बुझाइन्, तर प्रहरीले विभिन्न बहानामा उनको मुद्दा पन्छायो । अन्ततः प्रहरी अत्याचारका विरुद्ध यसै साता उनी स्थानीय अदालतकोढोका ढकढक्याउन पुगेकी छिन् ।भारतमा दिनहुँजसो कुनै न कुनै राज्यमा बलात्कारका घटना हुने गर्छन् । सन् २०१५ मा ३४ हजार महिला बलात्कृत भएका थिए ।
प्रहरी प्रशासन र समाजका डरले आफूमाथि हुने दुव्र्यवहारविरुद्ध प्रायः महिला बोल्न डराउने भएकाले यो संख्या अझै बढी हुन सक्ने अनुमानगरिएको छ । सन् २०१४ मा १५हजार बालिका बलात्कृत भएका थिए । त्यस्तै, विवाहपछि हुने बलात्कारको तथ्यांक पनि धेरै रहेको बताइन्छ। from news24
Facebook Comments