Loading...
समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल ।

– राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष, ससफो नेपाल
काठमाडौँ, ०७४ असार २४ । नेवाः प्रदेशस्थित नेपाः ब्यान्क्वेट, खुसिबुँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कुनै पनि पार्टी पौराणिक कथाका पात्रहरू जस्तो चमत्कारिक रूपमा विकास हुने नभई विचार, सङ्गठन र सङ्घर्षको दौरान बलियो हुँदै जाने बताए । सङ्घीय समाजवादी फोरम, नेपाल छोटो अवधीमा दु्रत गतिमा विकास भएको भन्दै यसले आफ्नो शैसव कालमै राष्ट्रिय पार्टीको रूप धारण गरेको बताए ।
श्रेष्ठले नेपालका समाजवादी र साम्यवादीहरूले आफूलाई लोकतान्त्रिकरण गर्न सफल भए पनि नेपाली समाजको विशेषता बुझेर त्यसलाई सङ्घीयकरण गर्न नसकेको बताए । उनले नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा सङ्घीयकरण बिना समाजवादी आन्दोलन सफल नहुने मात्र होइन देशले विकासमा पनि फड्को मार्न नसक्ने बताए । उनले नेपालमा समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल भएको बताए । सिँहदारवारबाट काङ्ग्रेस, एमाले जस्तो एकल जातीय पार्टीहरूलाई ब्यालेटकै माध्यमबाट अपदस्त गर्न नै आफ्नो पार्टी जन्मेको भन्दै उनले देशको शासन व्यवस्थामा राष्ट्रिय पहिचानलाई मान्यता दिई सबै समुदायहरूलाई समान अवसर दिने बताए ।
उनले स्थानीय निर्वाचनलाई पहिचान सहितको सङ्घीयता, समतामुलक समृद्धि तथा स्थानीय तहमा विकासको अवसर पुर्याउने माध्यमको रूपमा उपयोग गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस र एमालेका ११९ जना नेता कार्यकर्ताहरु ससफो, नेपालमा प्रवेश गरेका थिए । उनीहरुलाई नेता श्रेष्ठले खादा लगाएर स्वागत गरे ।
नेवाः प्रदेशका अध्यक्ष न्हुच्छेलाल महजर्नको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन मुख्य सचिव सन्तोष सिलवालले गरेको थियो । कार्यक्रममा पार्टीको नेताहरु डा गणेश योञ्जन, लाल वहादुर तामाड, विद्युत बज्राचार्य, मनरत्न शाक्य, सहरमान राई आदिले पनि मन्तब्य दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *