Loading...
एन.एम.सि.का एमडि अंसारीद्धारा ईद मिलन कार्यक्रम
वीरगंज १२ असार, नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक एवं नेकपा एमालेका नेता बसरुदिन अंसारीले आज ईद मिलन एवं चियापान कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनीबिर्तामा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्याय, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी, पर्सा क्षेत्र नं. ३ का सांसद् राजकुमार गुप्ता, प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, नेकपा एमालेका युवा नेता नवराज शर्मा, नगर संयोजक उसमान अंसारी, एमाले पर्साका युवा संयोजक श्याम गुप्ता, नगर युवा अध्यक्ष इमरान हुसैन, विद्यार्थी नेता सागिर अहमद, आकाश एफएमका एमडि आसिक अंसारी, मधेसी पत्रकार समाजका पर्सा अध्यक्ष श्रवण प्रसाद साह लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।
नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस वीरगंज वडा नं. १५ वीरगंजका अध्यक्ष गजेन्द्र पटेल, नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष अनिल सिंह, सदस्य ओमप्रकाश सिंह, युवा नेता दिलिप साह, पप्पु सिंह, कृष्णदेव प्रसाद यादव, नेकपा एमालेका महिला नेतृ, तथा नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो । सो अवसरमा चियापान कार्यक्रम समेत भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *