Loading...
महोत्तरीमा एसिड छ्यापेर एकल महिलाको हत्या

महोत्तरी, असार १3 – महोत्तरीमा आइतबार राति एसिड छ्यापेर एक महिलाको हत्या भएको छ । गौशाला नगरपालिका–१ रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको एसिड छ्यापेर हत्या भएको हो ।

घरमा एक्लै बस्दै आएकी  मंसरियादेवी आइतबार राति ९ बजेसम्म छिमेकसँग कुराकानी गरेर सुत्न जानुभएको थियो । तर सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि छिमेकले हेर्न जाँदा अनुहारमा एसिड छ्यापिएर मृत अवस्थामा ओछ्यानमै मंसरियादेवी फेला पर्नुभएको हो । त्यसलगतै स्थानीय बासिन्दाले प्रहरी र घरपरिवारलाई जानकारी दिएका छन् ।

एसिडले उहाँको अनुहार जलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सम्भु पोखरेलले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *