Loading...
तुलसीपुरको एक मतदान स्थल केन्द्र नजिकै बम विष्फोट

१४ असार, घोराही । दाङको तुलसीपुरको एक मतदान स्थल केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो । विष्फोट पछि केहीबेर मतदान रोकिएको थियो भने अहिले निर्वाधरुपमा मतदान भ इ रहेको छ ।विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *