Loading...
हृदयेश त्रिपाठीको गाउँमा मतदान बहिष्कार, सुरक्षाकर्मी र निर्वाचन अधिकृत बाटोमा मतदाता खोज्दै

निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको गाउँमा रहेको मतदान केन्द्र सुनसान देखिएको छ ।

त्यहाँ सुरक्षा कर्मी बाहेक आस पास टाढा सम्म कोइ मतदाता देखिएको छैन । राजपा नेपालले आह्वान गरेको निर्वाचन बहिष्कारका कारण सो गाउँमा मतदाताहरु मतदान गर्न गएनन ।

त्रिपाठीको घर नजिकै रहेको जनजागृति माविको मतदान केन्द्रमा जम्मा ६८ मत मात्र खसेको जानकारी प्राप्त भएको छ ।मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी मात्र देखिएका छन् । मतदान केन्द्रमा फाट्टफुट्ट मतदाता आएका छन् ।

नवलपरासीको अधिकांश मतदान केन्द्रमा निर्वाचन बहिष्कार गरिएको अवस्था छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *