Loading...
ओलीले खाए ५२ घुस्सा ५३ ठक्कर वीरगन्ज महानगरपालिकाको एमालेबाट मेयरका उम्मेदवार सुन्दर कुर्मी फोरम नेपालमा प्रवेश

वीरगन्ज, १४ असार । असोज ३ गतेका लागि निर्धार् गरिएको तेस्रो चरणको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि एमालेबाट चर्चामा रहेका सुन्दर कुर्मीले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको छ।

वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गरेर एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेले पैसा लिएर मेयरको टिकट बेचेको भन्दै एमालेको साधरण सदस्यता समेत परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको हो।

आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि एमाले जिल्ला कार्य समिति पर्साले कुर्मीको नाम केन्द्रीय कार्य समितिमा सिफारिस गरेको थियो। तर दुई साता पहिले नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक एवम् नेकपा माओवादी केन्द्रका तत्कालीन नेता बसरद्धिन अन्सारीलाई एमालेले वीरगन्ज महानगरको मेयरमा टिकट दिने शर्तमा पार्टीमा भित्रयाए पछि रुष्ट बनेका कुर्मीले बुधबार एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको हो।

पत्रकार सम्मेलनमा बोल्दै कुर्मीले तीन दशकदेखि एमाले पार्टीमा आफूले दिएको योगदान र निष्ठालाई लत्याउदै एमाले नेतृत्वले रकम लिएर नव प्रवेशीलाई वीरगन्ज महानगरको मेयरको टिकट बेच्ने निर्णय गरेपछि अब एमाले भित्र रहनुको कुनै अर्थ नभएको निष्कर्ष निकाल्दै आफूले एमाले परित्याग गरेको बताउनु भयो। उहाँले निकट भविष्यमै आफू फोरम नेपालमा प्रवेश गर्ने घोषणा पनि गर्नु भयो।

दोश्रो संविधानसभाको चुनाव ताका एमाले नेतृत्वले वीरगन्ज महानगरको मेयरका लागि आफूलाई आश्वासन दिएको र त्यही बेलादेखि आफूले तयारी गर्दै आफनो पक्षमा माहौल बनाइसकेको अवस्थामा अहिले आएर अन्तिम समयमा एमाले नेतृत्वले आफुलाई धोका दिँदै रकम लिएर नव्रप्रवेशीलाई मेयरको टिकट बेचेको भन्दै कुर्मीले भन्नु भयो, ‘३० वर्षसम्म एमालेका लागि मैले गरेको योगदान अहिले आएर बालुवामा पानी खन्याएको जस्तै भएको छ, एमाले अब पुँजीपति र पैसा लिएर टिकट दिने पार्टी भएको छ, एमालेकै कारण मधेसको माग सम्बोधन हुन सकेको छैन।’

पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्र्धीले निष्ठा र मूल्य मान्यताको राजनीति गर्ने कुर्मीलाई पार्टीमा स्वागत गर्दै उहाँलाई पार्टी नेतृत्वले उचित मूल्यांकन गर्ने बताउनु भयो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *