Loading...
दाङ बंगलाचुली–२ मा माओवादी विजयी

 दाङ, १५ असार । बंगलाचुली गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी कांग्रेसका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भएका हुन् । विजयी रानाले ३ सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पुनले २ सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यहरुमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् । वडा सदस्यहरुमा पनि तीव्र प्रतिष्पर्धा भएको बंगलाचुलीबाट पत्रकार जीवन नेपालीले जनाएका छन् । कुल मतदाता १ हजार २० रहेको यस वडामा ७ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *