
रुपन्देही १६, असार । रुपन्देहीको समरी गाऊँपालिकाको मतगणनालाई संघीय समाजवादी फोरम नेपालले बहिष्कार गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिले धांधली गरेको भन्दै फोरम नेपालले मतगणना बहिष्कार गरेको सह-इन्चार्ज रामू यादवले जनाएका छन । फोरम नेपालले पुनः मत गणनाको माग गरेको छ । फोरम नेपालले बहिष्कार गरेपछि समरीको मतगणना अहिले स्थगित छ ।
‘मशालमा आएको भोटलाई कांग्रेसले आफ्नोमा गणना गरेपछि हामीले पुनः मत गणनाको माग गर्दै बहिष्कार गरेका हौ’- यादवले भने । फोरम नेपालसँगै एमाले, माओवादी, राप्रपा लयायतका दलहरुले पनि समरी गाऊँपालिकाको मतगणना बहिष्कार गरेका छन । निष्पक्ष र धांधलीरहित ढंगले पुनः मत गणनाको माग गर्दै फोरम नेपाल रुपन्देहीका प्रतिनिधिहरु निर्वाचन आयोगको कार्यालय जादैछन ।
Facebook Comments