
रुपन्देही १६, असार । रुपन्देही जिल्लाको रोहिणी गाऊपालिकाको वड़ा न. २ र मार्चवारी गाऊँपालिकाको वडा नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । रोहिणी गाऊँपालिका स्थित पोकरभिण्डीको वडा अध्यक्षमा फोरम नेपालका सरोज कुमार पान्डेसहितको प्यानल विजयी भएको छ । त्यस्तै, मार्चवारी गाऊँपालिकाको अमवाको वडा अध्यक्षमा सुरेन्द्र नाथ मिश्रा विजयी भएका हुन । राजपाको तर्फबाट २ सय ८० मत ल्याएका स्वतन्त्र उम्मेदवार शशिदयाल कुर्मीलाई पराजित गर्दै सुरेन्द्र नाथ मिश्रा विजयी भएको फोरम नेपाल रुपन्देहीका सहइन्चार्ज रामू यादवले जानकारी दिएका छन । फोरम नेपालको तर्फबाट विजयी भएका वड़ा अध्यक्ष पान्डे र मिश्राको पूरै प्यानल जीतेको छ । यो विजय सँगै फोरम नेपाल रुपन्देहीको पोकरभिण्डी र अमवामा फोरम नेपालले बलियो पकड़ बनाएको छ । यता बाँकेको नरैनापुर गाउँपालिका को मेयरमा/उप-मेयरमा संघिय समाजवादी फोरम नेपालको उम्मेदवार विजय भएको छ।
त्यसैगरि धनकुटा चौबिसे गापाको वार्ड ६ राजारानिमा ससफो को अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् । भोजपुरको टयाम्के मैयुड़ गाउँपालिका वडा नं. 4 मा संघिय समाजवादी फोरम नेपालको उम्मेदवार बिबस राई नेतृक्तको प्यानल विजय भएको छ मोरंगको जहँदा गाऊँ पालिका वडा न.७ मा भगवान लाल बेसरा सहित प्यानल नै बिजय भएको छ । बाँकेको जानकी गाऊँपालिका वड़ा नम्बर १, साईं गाऊमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । फोरम नेपालका उम्मेदवार मो. रजा राईन वड़ा अध्यक्षमा जीत हासिल गरेका छन । साईंगाऊँमा फोरम नेपाल पूरै प्यानल नै विजय भएको हो । मो. रजाको प्यानलजीत सँगै जानकी गाऊँपालिकाको वडा न. १ को मतगणना सकिएको छ । रुपन्देही सङघीय समाजवादी फोरम नेपाल रोहीनी गाउपालिका वडा न 2 का अध्यक्ष सुरज पाण्डेको प्यानल सहीत बिजय भएको छ ।
Facebook Comments