Loading...
आफ्नै चिहान खन्दा रमाउने लिम्बुहरुलाई पाठ- कुमार लिङ्देन मिराक

आफ्नै चिहान खन्दा रमाउने लिम्बुहरुलाइ चुलाचुली सहिद गाउ ले ईतिहासमा नै सम्झना आइरहने पाठ पढायो, आज दिनको १ बजे चुलाचुली गा बि स कार्यलय देखि बिजय जुलुश छ, सबैलाइ निम्तो, सघिय लोकतान्त्रिक रास्ट्रीय मन्च,सघिय लिम्बुवान मन्च,नेपाल को तर्फबाट चुलाचुली गा बि स वार्ड न १ को अध्यक्ष पदमा ध्रुब लावती जि लगायत पुरै सेट ले बिजय प्राप्त गर्नु भएको छ ।
यो लिम्बुवानी सहिद राज कुमार आङ्देम्बे माङ्तोक को गाउँ हो ।
लिम्बुवान को आधार क्षेत्र हो, प्रत्येक लिम्बुवान आन्दोलन मा यश क्षेत्र का एल भि,नेता,जनताहरुले बहादुरी पुर्बक लडेका छन,

ध्रुब जि आफै एल भि र फिल्ड मा स्वयम् भिडने कमान्डर हुन । चुनाबमा गएको छोटो अवधिको यो सफलताले लिम्बुवान को आट,उत्साहा बढेको छ । र आफ्नै चिहान खन्दा रमाउने लिम्बुहरुलाइ सहिद गाउँ चुलाचुलि ले राजनैतिक चुनौती दिएको छ, यो सफलता ले सहिद को आत्मा ज्युदो छ, लिम्बुवान आन्दोलन ज्युदो छ भन्ने प्रमाणित गरेको छ, र, राम्ररी लाग्नु हो भने सघिय लिम्बुवान मन्च,नेपाल ले लिम्बुवान क्षेत्रमा आगमी दिनमा राम्रो गर्न सक्ने रहेछ भन्ने पुष्टि गरेको छ ।
यो जित सिङ्गो लिम्बुवान आन्दोलन को जित हो, त्यसैले विभिन्न सङठन हरुमा रहेता पनि लिम्बुवान लाई माया गर्ने साथिहरु आजको बिजय जुलुस सहभागी होउ ।

जय लिम्बुवान ,जय १०+१ प्रान्त,

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *