Loading...
माओवादीको विजय जुलुसमा एमालेको आक्रमण, घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाण्डु ल्याइयो

नरेन्द्र गुप्ता गौर
अछाम, १६ असार – नेकपा माओवादी केन्द्रको बिजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गर्दा अछामको रामारोशनमा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् ।घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाण्डु लगिएको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए ।

मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेको माओवादी केन्द्रको उप प्रमुख पदका उम्मेदवार सरस्वती रावलले जानकारी दिइन् । हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ ।घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डु लगिएको हो । घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइतेको गाउँमै उपचार भइरहेको स्थानीय पुष्प बिष्टले जानकारी दिनुभयो । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । घटना पछि केहि समय मतगणना स्थगित भएको थियो । रामारोशनमा माओवादीले अग्रता कायम गरिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *