Loading...
जुन दिन विवाह थियो त्यही दिन मेरो सामूहिक बलात्कार भयो

नैरोबीमा जब टेरी गोबांगआफ्नो विवाहमा पुगिनन् तब चर्चमा अफवाह फैलियो कि सायद उनले विवाह नगर्ने मुड बनाइन् ।तर टेरी चर्च पुग्न असक्षम भइन् किनभने त्यसै दिन विवाह उनीमाथि सामूहिक बलात्कार भयो ।

टेरी गोबांगले विवाह हुने दिनमै एक समूहले उनलाई अपहरण गरेको र ६ घण्टासम्म प्रताडित गरेको घटना सुनाइन् ।गोबांग आफ्ना प्रेमीसँग विवाह हुने भएपछि निकै उत्साहित थिइन् तर त्यस दिन उनको जीवनको ‘कालो दिन’साबित भयो ।गोबांगले त्यतिबेला आफू नबच्ने सोचिसकेकी थिइन् ।

उनलाई थुप्रै पुरुषले लगातार बलात्कार गरे । जब उनले विरोध गरिन् तब उनीमाथि चक्कुको हमला भयो । सामूहिक बलात्कार र चक्कूले हमला गरेपछि गोबांगलाई सडकको किनारामा फ्याँकियो ।बीबीसीसँग कुराकानी गर्दै गोबांगले भनिन्, ‘विवाहको अघिल्लो रात मलाई लाग्यो कि मसँग ह्यारीले विवाहका दिन लगाउन चाहेका केही लुगा छन् ।

त्यसकारण उक्त पहिरन उनीसम्म पुर्याउनका लागि मसँगै रात बसेकी साथीलाई आग्रह गरें । हामी झिसमिसेमै उठ्यौं । उनलाई पुर्याउन म बस स्टपसम्म गएँ ।’गोबांग त्यहाँबाट घर फर्कन लाग्दाकारको बोनेटमा बसिरहेका एक व्यक्तिले अचानक उनलाई पछाडिबाट समातेर गाडीको पछाडि सिटमा फ्याँकिदिए । उक्त गाडीमा पहिले नै दुई व्यक्ति सवार भएको उनले बताइन् ।गोबांगले भनिन्, ‘कपडाको टुक्रा मेरो मुखमा कोचियो । उक्त कपडामा केही भरिएको थियो । मैले हात र खुट्टा चलाउँदै प्रतिवाद गरें र चिच्याउन खाजें ।

जब मैले मुखमा भएको कपडालाई पन्छाउन सफल भएँ त्यतिबेला म चिच्याएँ ‘आज मेरो विवाह हो! ’ त्यतिबेला मलाई नमज्जाले कुटियो ।उनले भनिन्, ‘तीमध्ये एक व्यक्तिले साथ नदिए हत्या गरिदिने बताए । मलाई लाग्यो कि त्यस दिन म बाच्दिनँ ।’ गोबांगले कसरी उनलाई बलात्कारीले एक एक गरी बलात्कार गरेको घटना सम्झिइन् ।उनले भनिन्, ‘मलाई थाहा थियो म मर्दै छु भन्ने तर मैले आफ्नो जीवनका लागि संघर्ष जारी राखें । जब एक व्यक्तिले मेरो मुखमा भरिएको कपडा निकाले तब मैले उनको गुप्ताङ्गमा बेस्सरी टोकिदिएँ । ती व्यक्तिले चिच्याउँदै मेरो पेटमा चक्कु रोपिदिए । त्यसपछि उनले कारको ढोका खोलेर मलाई गुडिरहेको गाडीबाट फ्याँकिदिए । ’

म घरबाट निकै टाढा आइपुगिसकेकी थिएँ, नैराबीभन्दा निकै टाढा । मलाई अपहरण गरेको ६ घण्टाभन्दा बढि भइसकेको थियो ।एकजना बालकले मलाई गाडीबाट फ्याँकेको देखेका रहेछन् । उनले आफ्नी हजुरआमालाई बोलाए । मानिसहरु दौडदैं आए । जब पुलिस आए तब उनीहरुले मेरो ढुकढुकीको चाल बुझे तर कसैले पनि त्यो चलिरहेको पाएनन् । मेरो मृत्यु भइसकेको सोचेर उनीहरुले मलाई ब्ल्याङ्केटमा बेरेर शवगृहमा लानेतयारी गरे । तर बाटोमा मैले ब्ल्याङ्केटभित्रबाटै खोकेछु । पुलिसले भने, ‘उनी जिउँदो छिन् ?’ त्यसपछि उनले कारलाई फर्काएर केन्याको सबैभन्दा ठूलो सरकारी अस्पताल पुर्याए ।म अस्पताल पुग्दा निकै आत्तिएको अवस्थामा थिए, बर्बराइरहने ।

म अर्धनग्न थिएँ र रगतले छोपिएकी थिएँ , मेरो अनुहार लगातारको कुटाइले सुन्निएको थियो । तर अस्पतालकी एक कर्मचारीले केही संकेत पाइन् कि म बेहुली हुँ । ‘चर्चमा कुनै बेहुली हराइरहेको छ कि भनी खोजी गर्न जाऔं,’ उनले नर्सलाई भनिन् ।संयोगवश, उनीहरुले फोन गरेको पहिलोचर्च थियो अल सेन्ट क्याथेड्रल, ‘तपाईंहरुको दुलही हराइरहेकी छिन्?’ नर्सले सोधे ।चर्चबाट उत्तर आयो, ‘हो, बिहान १० बजे एउटा विवाहको कार्यक्रम थियो जसमा बेहुली आइपुगेकी छैनन् ।’

जब म चर्चमा उपस्थित भइनँ तब मेरा परिवार र आफन्त निकै आत्तिसकेका थिए । मानिसहरुलाई चर्च बाहिर खोज्न पठाइयो । अफवाह फैलियो । केहीले भने, ‘के उनले आफ्नो विचार परिवर्तन गरिन् ?’ कतिले भने, ‘होइन,उनी त्यस्ती महिला होइनन्, केही अप्रिय घटना घटित भएको हुनुपर्छ ।’केही घण्टापछि चर्चमा विवाहको लागि सजाइएको सामग्री अर्को कार्यक्रमका लागि निकाल्नुपर्ने भयो ।

ह्यारी एउटा छुट्टै कोठामा बसेर मेरो प्रतिक्षा गरिरहेका थिए।तर जब मेरा आफन्तलाई मेरो स्थितीबारे थाहा भयो तब सबैजना अस्पताल पुगे । ह्यारीले मेरो विवाहको गाउन बोकिरहेका थिए । मिडियालाई पनि यसबारे थाहा भएछ त्यसकारण केही पत्रकारको पनि उपस्थिती थियो । गोपनियता अपनाउनका लागि म अर्को अस्पतालमा भर्ना भएँ ।

डाक्टरले मेरो शल्यक्रिया गरेर मलाई निकै स्तब्ध पार्ने घटना सुनाए । डाक्टरका अनुसार चक्कु सिधा मेरो गर्भाशयभित्र रोपिएकाले मैले कहिले पनि सन्तानलाई गर्भमा हुर्काउन सक्नेछैन ।मलाई एचआइभी एड्स नलाग्ने औषधी खुवाइएको थियो । मैले केही सोच्न सकिरहेको थिइनँ । जे भयो त्यसलाई स्विकार गर्न सकिरहेकी थिइनँ ।तर ह्यारीले उनी अझै पनि मसँग विवाह गर्न चाहेको कुरा दोहोराइरहे ।

उनले मेरो हेरबिचार गर्न चाहेको बताए र मलाई आफ्नो अँगालोमा बाँधेर मेरो पीडा सबै बिर्साइदिने पनि बताए । तर मैले उनको कुरामा सहमती, असहमती केही जनाउन सकिहरकेको थिइनँ किनभने मेरो दिमागमा ती तीनजनाको अनुहार सेट भइरहेको थियो ।केही दिन पछि मैले ह्यारीको आँखाको हेर्ने हिम्मत जुटाउन सफल भएँ । मैले माफी मागिरहें । मलाई लाग्यो कि मैले उनको चित्त दुखाएकी छु । केही मानिसहरुले म बलात्कृत हुनुमा मेरै दोष देखाए । घरबाट त्यति बिहानै निस्कन नहुने उनीहरुको धारणा थियो ।

उनीहरुको भनाइले निकै मन दुख्थ्यो तर मेरो परिवार र ह्यारीले मलाई हरदम साथ रसहयोग गरे ।पुलिस बलात्कारीलाई पक्राउ गर्न सफल भएनन् । थुप्रै पटक संदिग्धको पहिचान गर्न पुलिस थाना पुगें तर कसैलाई पनि चिन्न सकिनँ । यसले मलाई निकै दुःखी तुल्याउँथ्यो । आजित भएपछि मैले पुलिसलाई अब यी मुद्दा मामिलाबाट पार पाउन चाहेकोबताएँ ।घटनाको तीन महिनापछि मेरो एचआइभी नेगेटिभ भएको थाहा पाएपछि हामी निकै उत्साहित भयौं तर उनीहरुले अझै तीन महिना कुरेपछि वास्तविक रिपोर्ट आउने बताए ।

तरपनि ह्यारी र मैले हाम्रो दोस्रो विवाहको योजना बुन्न सुरु गरिसकेका थियौं ।प्रेसको हस्तक्षेपमा म निकै रिसाउने गर्दथें तर एकजनाले मेरो कथा पढेपछि मसँग भेट्ने इच्छा जताइन् । उनको नाम भिप ओगोला थियो । उनी पनि बलात्कृत युवती थिइन् । हामीले धेरैबेर कुराकानी गर्यौं रउनले आफ्नो साथीसँग मिलेर निःशुल्क विवाह गराइदिने प्रस्तावराखिन् ।

‘वाइल्स हुनुहोस्, जे सोच्नुभएको छ त्यो सबै गर्नुहोस्,’ उनले भनिन् ।म निकै खुसी भएँ । मैले भिन्न केक रोजें, वास्तवमा निकै महँगो । भाडाको गाउनको साटो मैले आफ्नै भन्न सक्ने गाउन सिलाएँ ।सन् २००५ को जुलाइमा, विवाहको पहिलो योजना गरेको सात महिना पछि, ह्यारी र मैले विवाह गर्यौं र हनिमुन पनि गयौं ।२९ दिन पछि कठ्याङ्ग्रिदो जाडोमा हामी घरभित्र छिर्यौं । ह्यारीले चार्कोल बर्नर बाले र बेडरुममा लगे । खाना खाइसकेपछि उनले त्यसलाई हटाइदिए किनभने कोठा तात्तिसकेको थियो ।

म ब्ल्याङ्केटभित्र छिरे र उनले घरका सबै ढोका बन्द गर्न गए । जब उनी बेडमा आए तब उनले आफूलाई रिंगटा लागिरहेको बताए । त्यो कुरालाई त्यति गम्भीर रुपमा लिएनौं ।निकै चिसो भएकाले हामी सुत्न सकेनौं, त्यसकारण मैले अर्को ब्ल्याङ्केट ल्याउन आग्रह गरें । तर ह्यारीले आफूसँग त्यसो गर्ने शक्ति नभएको बताए । अचम्म, म पनि उठ्न सकिनँ । केही नराम्रो भइरहेको छ भन्ने थाहा भयो ।

हामी अचेतजस्तो भइसकेका थियौं । मैले उनलाई बोलाउँथे । कतिबेला उनले प्रतिक्रिया दिन्थे तर कतिबेला दिँदैनथे । मैले जर्बजस्ती खाटबाटनिस्किएँ, मलाई केही शक्ति मिल्यो । म फोनसम्म घिस्रिएँ । मैले छिमेकीलाई फोन गरें र भने, ‘यहाँ केही भइरहेको छ । ह्यारीले केही प्रतिक्रिया दिइरहेका छैनन् ।’उनी तत्काल आइन् तर मलाई मूल ढोकासम्म जान निकै हम्मेहम्मे पर्यो ।

मैले थुप्रै मानिसहरु आइरहेको देखें । उनीहरु चिच्याइरहेका थिए । म बेहोस भएँ ।म अस्पतालमा ब्यूझिएँ र श्रीमान् कहाँ छन् भनेर सोधें । उनीहरुले उनको अर्को कोठामा उपचार भइरहेको बताए । मैले भने, ‘म पादरी हुँ । मैले जीवनमा धेरैकुरा भोगेकी छु । त्यसकारण मलाई साँचो कुरा भन्नुहोस् ।’ डाक्टरले मलाई हेरे रभने, ‘माफ गर्नुहोस्, तपाईंका श्रीमान् यो संसारमा हुनुहुन्न ।’मैले पत्याउनै सकिनँ ।

चर्चमा दोस्रो पटक अन्तिम संस्कारका लागि जानु निकै भयानक थियो । एक महिना अघिमात्र म सेतो पहिरनमा थिए, र ह्यारी मसँगै थिए । तर त्यतिबेला म कालो पहिरनमा थिएँ र ह्यारी क्यास्केटमा ।मानिसहरुले मलाई श्रापित भन्थे र आफ्ना बच्चाहरुमा मेरो छायाँ पनि पर्न दिँदैनथे । ‘ममाथि दशा घुमेकोछ,’ मानिसहरुले मलाई भन्ने गर्दथे ।मैले पनि त्यो कुरा मान्ने गर्दथें ।

कतिले त मलाई श्रीमान् मारेको पनि आरोप लगाए । वास्तवमा म शोकमा थिएँ, मानिसहरुले ममाथि नै दोष थोपरिरहेका थिए ।पोष्टमार्टम रिपोर्टले के भयो बतायो । उनको शरिरमा कार्बोन मोनोअक्साइड भरिएकाले उनले सास फेर्न सकेनन् जसका कारण उनको मृत्यु भयो ।मैले सबैलाई अब दोस्रोपटक विवाह नगर्ने बताएकी थिएँ । भगवानले मेरा श्रीमान् खोसे र अब दोस्रो पटक त्यही पीडाबाट गुज्रनेबारे म सोच्न पनि सक्दिनथें । वास्तवमा म यस्तो मेरो दुश्मनलाई पनि होस् भन्ने सोच्दिनँ ।

पीडा यति धेरै हुन्छ कि यो तपाईंले नङमा पनि महसुस गर्नुहुन्छ ।तर एक व्यक्ति थिए – टोनी गोबाङ्गा– जसले उनलाई भेटिरहन्थे । उनले मलाई मेरो श्रीमानबारे कुरा गर्न र उनीसँगका राम्रा पल स्मरण गर्न उक्साइरहन्थे । एकपटक उनले मलाई तीन दिनसम्म फोन गरेनन् र म त्यतिबेला उनीसँग धेरै रिसाएकी थिएँ । त्यतिबेला मलाई थाहा भयो कि मैले उनलाई प्रेम गर्ने रहेछु ।टोनीले मलाई विवाहको प्रस्ताव राखे मैले उनलाई म्यागजिनमा मेरा बारे पढ्न आग्रह गरे । उनले मेरा बारे सबै कुरा पढे र पनि विवाहको प्रस्ताव कायम राखे ।तर मैले भने, ‘सुन, अर्को कुरा पनि छ। मैले सन्तान जन्माउन सक्दिनँ त्यसकारण मैले तिमीसँग विवाह गर्नसक्दिनँ ।

’‘सन्तान भगवानको उपहार हो,’ उनले भने, ‘यदि हामीले ती उपहार पायौं भने ठिक छ । यदि पाएनौं भने मैले तिमीलाई माया गर्ने थप समय पाउनेछु ।’मैले सोचें, ‘वाह, कस्तो राम्रो वाक्य !’ त्यसकारण मैले उनको प्रस्तावमा सहमती जनाएँ ।टोनीले यसबारे आफ्ना परिवारलाई बताए, उहाँहरु निकै उत्साहित भए जबसम्म उहाँहरुले मेरो कथा सुनेनन् । ‘तिमीले उनलाई विवाह गर्न सक्दैनौं – उनी श्रापित हुन्,’ उहाँहरुले भने । मेरा ससूरा विवाह समारोहमा आउनुभएन तर हामी अगाडि बढ्यौं । हाम्रो विवाहमा ८ सय पाहुना आए । धैरेजना उत्सुकताका कारण पनि आए ।मैले पहिलो विवाह गरेको तीन वर्षपछि दोस्रो विवाह गरें । म निकै डराएकी थिएँ ।

जब हामी वचन साटासाट गरिरहेका थियौं, मैले सोचे, ‘म यहाँ अर्कोपटक आएकी छु, कृपया उनको मृत्यु हुन नदिनु ।’ म त्यतिबेला नमज्जाले रोएँ ।विवाह भएको एक वर्ष बितेको थियो, म बिरामी भएँ र डाक्टरलाई भेट्न गएँ । डाक्टरले म गर्भवती भएको खबर सुनाउँदा मेरो खुसीको सीमा रहेन ।महिना बित्दै जाँदा मैले पूर्ण बेड रेष्ट गर्नुपर्ने भयो – गर्भाशयमा भएको घाउका कारण । तर सबै कुरा राम्रो भए । हाम्रो छोरीको जन्म भयो जसलाई हामीले तेहिल नाम दियौं । त्यसको चार वर्षपछि अर्की छोरी टोहदाको जन्म भयो ।अहिले म आफ्ना ससूराकी सबैभन्दा मिल्ने साथी भएकी छु ।मैले आफूमाथि हमला गर्नेहरुलाई माफी दिइसकें । यो सजिलो थिएन तर मलाई महसुस भयो कि ती मानिसहरुलाई घृणा गरेर मैले केही पनि पाइरहेको थिइनँ । BBC अनुशर रतोपति बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *