Loading...
नेपाली कांग्रेसका सम्भावित मेयर पदका दावेदार नेता ध्रुव देवदवारा राहत वितरण, मधेशी नेता गायब

राजविराज, १७ असार । अविरल वर्षा र बाढीका कारण डुबानमा परेको राजविराज नगरपालिकाको वडा नम्वर–९ का दलित परिवारलाई युवा नेता ध्रुव देवलाई राहत उपलब्ध गराएका छन् । नगरपालिकाको मलेठ स्थित दलित वस्तीकालागि तत्काल उनले चुरा–मुरही एक सय बीस किलो, चाउचाउ सय प्याकेट, नुन, खुर्सानीसहितका खाद्यान्न सामग्री शनिवारै साँझ उपलब्ध गराएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट राजविराज नगरपालिकाका सम्भावित मेयर पदका दावेदार नेता देवले उक्त राहत सामग्री वितरण गर्न दलित बस्तीकी राधा देवी खङ्गलाई हस्तान्तरण गरेका छन् । खाँडो खोलामा आएको बाढीले मलेठ बस्ती डुबानमा परेको थियो ।

अहिले सम्म कुनै मधेशी नेता पुगेका छैनन्

newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *