
बीरगंज १७ असार
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष एवं अधिवक्ता सुरेन्द्र कुर्मीले मधेस आन्दोलनका शहिद दिलिप चौरसिया र धर्मराज सिंहको सम्मानमा रोडको नामांकरण गर्ने बताउनु भयो । अधिकार, पहिचान र स्वाभिमानको लागि भएको मधेस आन्दोलनको क्रममा २०७२ भाद्र १४ गते चौरसिया र १५ गते सिंहको प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीको लागि घटना स्थलमै मृत्यु भएको थियो । शहिद द्धयको सम्मानमा पर्सा जिल्लाको बीरगंज महानगरमा पर्ने चहल पहलवाला बाटोको नामांकरण यही असार १९ गते राधेमाईमा पर्ने करबला चौकमा शहिद पथ नामांकरण घोषणा गर्ने कार्यक्रम तय गरिएको कुर्मीले बताए ।
राजपा नेपाल बीरगंज महानगरपालिका कमिटिले आयोजना गर्ने कार्यक्रममा सम्बन्धित सरकारी कार्यालयका प्रतिनिधि, पर्सा जिल्लामा क्रियाशिल राजनितिक दल, संघ संस्था एवं सरकारवालाहरुको सहभागिता रहने नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
शहिद दिलिप चौरसिया शहादत प्राप्त गरेको स्थान पदम रोड देखि गण्डक सम्मको नहर बाटोलाई शहिद दिलिप चौरसिया पथ एवं शहिद धर्मराज सिंह शहादत प्राप्त गरेको स्थान पदम रोड हुँदै रामराजा पुल देखि जगरनाथपुर सम्मको बाटोलाई शहिद धर्मराज सिंह पथ घोषणा एवं नामाकरण गर्ने कार्यक्रम तय गरिएको राजपा नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीले बताउनु भयो ।
अधिकारको लागि भएको मधेस आन्दोलनको क्रममा पर्सा जिल्लामा शहिद भएकाहरुको सम्मानमा राजपा नेपाल पर्साले विभिन्न क्रियाकलाप गर्ने सचिव धर्मेन्द्र पटेलले बताए ।
Facebook Comments