Loading...
पुरै काक्रो खाएर भेट्नोमा तितो, ओलि हारे आफ्नै वडामा, ओलिको मुख हेर्न लायक

दमक । केपी ओलीको गृहनगर दमक नगरपालिका वडा नम्बर १ को पुन: गणना भएको मत परिणाममा एमाले राप्रपासंग पराजित भएको छ । वडा नम्बर १ को अध्यक्षमा एमालेका हरि प्रसाद न्यौपाने राप्रपाकी तारा अधिकारीसंग झिनो मत अन्तरले पराजित हुनु भएको हो ।

राप्रपाकी अधिकारीले ८०७ मत प्राप्त गर्नुभयो । एमालेका न्यौपानेले भने ८०० मत प्राप्त गर्नुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो पटक मत सार्वजनिक गर्दा दुबैको बराबर नतिजा आएको बताएको थियो । त्यसपछि एमाले र राप्रपाको मात्र पुनः मत गणना गर्दा राप्रपा विजयी भएको हो ।वडा नम्बर १ मा अध्यक्ष बाहेक सबै पदमा एमालेले जितेको छ ।

महिला वडा सदस्यमा निरमाया पुलामी, दलित महिलावडा सदस्यमा नबिना महरा, खुल्ला वडा सदस्यमा गिरि भट्ट, सेङतेन राई र सिताराम पोख्रेल निर्वाचित हुनु भएको छ ।२ नम्बर वडाको पनि मत परिणाम सार्वजनिक भईसकेको छ । वडा नम्बर २ मा भने एमालेको प्यानलनै बिजयी भएकोछ । अध्यक्षमा ११५२ मतका साथ प्रजापति सापकोटा विजयी हुनु भएको छ।

त्यस्तै एमालेका महिला वडा सदस्यमा भट्टदेबी दाहाल, दलित महिलावडा सदस्यमा चन्द्रकला बिश्वकर्मा र खुल्ला सदस्यमा राजु धिमाल र टंक प्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ ।वडा नम्बर ३ को मतगणना जारी छ ।

अहिले सम्म मेयरमा एमालेका रोमनाथ ओली १८७५ मतका साथ अगाडि रहनु भएको छ। त्यस्तै राप्रपाका राम थापाले १५०२ मतका साथ ओलीलाई पछ्याईरहनु भएको छ । त्यस्तै माओवादी केन्द्रकागगनपुरीले १३२७ र कांग्रेसका ढुण्डिराज भण्डारीले ९५४ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *