Loading...
नया शक्तिले शक्ति देखाउन नसके पछि डा. बाबुराम भट्टराई आफै नया शक्ति छोड्दै

असार १९, काठमाडौं । आफूभित्रको सम्भावना माओबादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम जुटे पनि उनी छोटो समयमा नै नयाँ यात्राबाट निराश देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा जनमतको परिणामले गर्दा बाबुरामले पार्टीका नेताहरुसंग अनपेक्षित प्रस्ताव गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको नेतृत्व नै छाड्ने इच्छा देखाएका छन् ।

नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले उनीभन्दा तल्लो तहका नेतालाई बोलाएर केहि दिन अघि मात्र नेतृत्व लीइदिन आग्रह गरेका थिए |माओबादी पृष्ठभूमिका दुई नेता देबेन्द्र पौडेल र गंगा नारायण श्रेष्ठलाई भट्टराईले यस्तो आग्रह गरेको चर्चा नयाँ शक्ति पार्टीमा चुलिएको छ ।

नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले पौडेल र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी नेतृत्व लिईदिन आग्रह गरेका हुन् । बाबुरामले ६ महिना युरोपको विकास मोडल अध्ययनका लागि आफुलाई समय चहिएको भन्दै पार्टीका नेताहरुसंग यस्तो आग्रह गरेको बताईन्छ । -साँघु साप्ताहिक

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *