Loading...
आन्दोलनका सहिद द्वय चौरसिया र सिहको सम्मान मा बाटो नमाकरण
बिरगंज १९ असाढ//
रास्ट्रीय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मिले मधेस आन्दोलनका सहिदहरु दिलिप चौरसिया र धर्मराज सिहको सम्मानमा बाटोको नमाकरण गरेका छन्।राजपा नेपाल बिरगंज महानगर कमिटीले राधेमाइमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कुर्मिले मधेसको समाजिक,आर्थिक र सान्स्कृतिक एवं राजनीतिक उत्थान संगै समाजिक बिकृती,भ्रष्टाचार निर्मुल पार्न राजपाको आगामी कार्यक्रम हुने उधघोस गरेका थिए। मधेस आन्दोलनमा सहादत दिएका वीर सहिदहरुको कुर्बानी खेर नजाने र मधेस अधिकार सम्पन्न नभए सम्म आन्दोलन एवं संघर्स जारी रहने बाताउनु भयो।
बिरगंज महानगरपालिका का कार्यकारी अधिकृत पिताम्बर अधिकारीले सहिदहरुको सम्मानमा घोषणा गरिएको सहिद पथलाई महानगरपालिका को परिषदबाट मुर्तरुप दिने बताए। सहिद पथ नमाकरण समारोह७त्रगयतसमा राजपाका महासचिव द्वय शिव पटेल,कदम रसुल,सह-महासचिव निजामोदिन समानी,केन्द्रिय सदस्यहरु रम्भा मिश्रा,बिपिन यादव,मुनि श्रीवास्तव,पुन्यदेव यादव ,राजपा पर्सा जिल्ला अध्यक्ष मन्डलका अध्यक्षहरु प्रेमबाबु पटेल,बिरेन्द्र यादव,मुस्तकिम अन्सारी,कृष्ण पटेल,महिला नेत्री रेखा साहले सभालाई सम्बोधन गर्दै अधिकार नपाए सम्म संघर्स जारी रहने एवं मधेसी जनतालाई धोका दिने पार्टी मधेसबाट समाप्त हुने वक्ताहरुले बताएका थिए।?दचश्र
राजपा बिरगंज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न समारोहलाई उमेसलाल सहनीले सहजीकरण गरेका कार्यक्रममा स्वागत मन्तव्य युवा नेता रन्जन मिश्राले गरेका थिए।
मधेस आन्दोलनको क्रममा २०७२ भाद्र १४ गते दिलिप चौरसिया र १५ गते धर्मराज सिह प्रहरीको गोलि लागी सहादत प्राप्त गरेका थिए। सहिद चौरसियाको सम्मानमा पदम रोड देखि गण्डक सम्मको नहर बाटोलाई सहिद दिलिप पथ र पदम रोड देखि रामराजा पुल हुँदै जगरनाथपुर सम्मको बाटोलाई ७त्रगयतससहिद धर्मराज पथ नमाकरन गरिएको छ।
साथै नमाकरण समारोहमा सहिद चौरसियाका दाजु पृथ्वी चौरसिया र सहिद सिहका दाजु करन सिह राजपुतलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *