Loading...
राजपाका स्वतन्त्र उमेदवारका शक्ति देखेर ओलीलाइ लाग्यो ४२० को झटका, ओलीको गृह जिल्लामा राजपाका दिनेशप्रसाद राजवंशी एमालेलाई हराउदै बिजयी

झापा । राष्ट्रिय जनता पार्टीका नेता दिनेशप्रसाद राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएर झापा गाउँपालिका–५ को वडाध्यक्षमा जित हासिल गर्नुभएको छ । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । राजवंशीले चार सय १७ मत ल्याई निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का महेन्द्रप्रसाद राजवंशीलाई ३९ मतले पछि पार्दै जित्नुभएको हो ।

यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपाले भाग नलिने जनाए पनि आफ्नो पकड देखिएको स्थानमा स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । हालसम्मको प्राप्त परिणामअनुसार झापामा राजपाले जितेको यो पहिलो हो ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *