Loading...
धरानमा माओवादी र फोरम नेपालको मत चोरेर अरु पार्टीलाई थपिदिने निर्वाचन आयोगका दुईजना कर्मचारी निष्काशित

धरानमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम, नेपालको मत अरु पार्टीलाई थपिदिने निर्वाचन आयोगका दुई जना कर्मचारी निस्कासनमा परेका छन् । सोमबार दिउँसो गणना गरिसकेर प्रमाणित भएको ५० मत ती दुई कर्मचारीले माओवादीको अंकबाट कटौती गरेर एमालेको खातामा जोडेका थिए भने सोमबार राति नै उनीहरुले ससफोनेपालको ४३ मत चोरेर एमालेको खातामा जोड्दैगर्दा समातिएका हुन् ।

दुई–दुई पटक मत चारेको फेला परेपछि आयोगले खटाएको दुईजना गणकहरु मानबहादुर कार्की र धन बहादुर राई निष्कासनमा परेका हुन् । मत गणनामा सहभागी ससफोका गणक सागर सरगम चेमजोङले दिएको जानकारी अनुसार ती दुई कर्मचारीले पटक–पटक एमालेलाई मत थप्ने हर्कत गरेका थिए । मत चोर्ने कर्मचारीसहित निर्वाचन अधिकृत गणेश खतिवडालाई समेत कारबाही गर्नुपर्ने मागसहित आज बिहान ७ बजे सम्मको लागि मत गणना रोकिएको थियो ।

तर, मंगलबार बिहानैदेखि पटक–पटक सर्वदलीय बैठक बसे पनि अबरुद्ध मत गणना कार्य अझै सुचारु हुन सकेको छैन । विवादरहित ढंगले गणना भइसकेको मतलाई कम्प्युटरमा तथ्यांक चढाउने क्रममा ती कर्मचारीहरुले जानाजान एमालेको खातामा जोड्ने गरेको पाइएपछि बिवाद चुलिएको हो ।

मत गणनामा सहभागी गणक राजकुमार राईका अनुसार माओवादी र ससफोको मत एमालेलाई जोडिदिएर बढी बनाउने हर्कत कर्मचारीहरुबाट भएको बताएका छन् । मंगलबार बिहानैदेखि मत गणना चलिरहेको धरान सभागृहबाहिर माओवादी र ससफो नेपालले नाराबाजी गरेर विरोध गरिरहेका छन् । मत गणना स्थलमाअध्याधिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *