Loading...
गैर आवसिय नेपाली संघ अष्ट्रेलियाको युवा संयोजकमा धर्मराज अधिकारीको बिजय सुनिश्चित

अष्ट्रेलिया, असार २१ । चितवनको नारायणगढ जन्मेका धर्मराज अधिकारी अहिले अष्ट्रेलियामा चुनाव प्रचारमा ब्यस्त छन् । सामाजिक काम र गैर आवसिय नेपाली संघमा सकृय अधिकारी जुझारु युवा हुन् । विगत छ वर्षदेखि गैर आवसिय नेपाल संघमा आबद्ध अधिकारीले यति वेला गैर आवसिय नेपाल संघ अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजक ( National Youth Coordinator) मा उम्मेदवारी प्रस्तुत गरेका छन् । जुलाई आठमा हुन लागेको गैर आवसिय संघको अधिवेशनमा उनले उम्मेदवारी प्रस्तुत गरे लगतै उनको पक्षमा माहोल देखिएको छ । शालिन र शान्त स्वभावका अधिकारी पेसाले क्लिनिकल नर्सिङ्ग हुन । ‘नेपालीद्धारा नेपालीका लागि’ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेका अधिकारी गैर आवसिय नेपाली माझ निकै लोकप्रिय र स्थापित युवा व्यक्तित्व हुन् ।

गैर आवसिय नेपाली संघ अष्ट्रेलियाको उप–सचिवको जिम्मेवारी सम्हालिसकेका अधिकारी कुशल नेतृत्वकर्ताको रुपमा अष्ट्रेलियाका गैर आवसिय नेपाली माझ सुपरिचित छन् । आकर्षक व्यक्तित्व  र प्रतिभावान अधिकारीले सन् २०११ को मिस्टर नेपाल अष्ट्रेलियाको उपाधि समेत जितेका छन् । युरोपमा नेपाली भाषा र संस्कृतिलाई प्रबद्धन गर्न लागिपरेका धर्मराज अधिकारीले २०१२ अष्ट्रेलियामा सम्पन्न नेपाल महोत्सव सफल बनाउन स्वयम सेवकको रुपमा काम गरेका थिए । २०७२ सालमा नेपाल गएको भुकम्पको समयमा गैर आवसिय नेपालीको तर्फबाट राहत संकलनमा उनले खेलेको भुमिकाको निकै प्रशंसा भएको थियो ।

नेपालबाट अष्ट्रेलियामा पुगेका युवाहरुलाई समन्वय र सहयोग तथा रोजगारीका लागि पुलको भूमिका खेल्न मद्धत गरिरहेका अधिकारी आउँदो अधिवेशनबाट आफू नेतृत्वमा आउँनेमा विश्वस्त छन् । ‘मलाई गैर आवसिय युवाहरुको साथ र सहयोग छ । उहाँहरुले प्रेरित गरेकाले नै मैले उम्मेदवारी दिएको हु ’ उनले भने । आफु नेतृत्वमा आए युवाहरुले प्रत्यभूति गर्ने गरी काम गर्ने उनले दाबी गरे । सन् २०१२ र १४ को मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलियाको संयोजकको भूमिका समेत निभाएका अधिकारी अष्ट्रेलियाका गैर आवसिय नेपाली युवावीच निकै सहयोगी, लोकपृय र चर्चित छन् । अधिकारी चितवन अष्ट्रेलिया समाजमा समेत आबद्द छन् । आफूलाई नेतृत्वमा ल्याउन उनले गैर आवसिय अष्ट्रेलियन युवाहरुलाई अपिल गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *