Loading...
ओलीले खायो कसम, बाचुन्जेल उखान टुक्का नछोड्ने, अन्तिम स्वास लिदासम्म उखानका टुक्का जारि रहने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पढेलेखेकाहरुमै नेपाली भाषाप्रतिको अज्ञानता बढी रहेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित छिन्नलता गीती पुरस्कार अर्पण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष ओलीको पढे लेखेका बिद्वानहरु नै नेपाली भाषाप्रति बितृष्णा पैदा गर्ने काममा लागेको तथ्य राख्नुभयो ।

‘नेपाली भाषा यति संमृद्ध छ कि, कसैले पनि हाम्रो भाषालाइृ टक्कर दिन सक्दैन, तर मैले कैलै–कैल भाषाको संमृद्धिको कुरा गर्छु, मैले बिम्बहरुको प्रयोग गर्छु तर समाजका पढेलेखेकाहरु नै बिम्बको कुरा गर्दा उखान टुक्का भन्छन । तर त्यो उखान टुक्का होइन, नेपाली भाषाका बिम्बहरु हुन,’ ओलीले भन्नुभयो ।

उहाँले नेपाली भाषा र संस्कृतिप्रतिको मोह बढाउन सवै नेपालीमा अपिल समेत गर्नुभयो । ‘म सवै नेपाली दाजुभाई दिदी बिहनीसँग नम्र निवेदन गर्न चाहन्छु कि हामीले आफूलाई चिन्नु पर्दछ । दुनियाँ जव अन्धकारमा थियो, हाम्रा पुर्खाहरु बेदको रचना गर्दै थिए । हाम्रो पुर्खाले काम गरेको बेला आजका साहित्यका बादशाहहरु जंगलमा शिकार खोज्दै हिडदै थिए होला,’ ओलीले भन्नुभयो, ‘जतिबेला लिपी बनेको थिएन, त्यत्ति बेला पनि लयवद्ध ढंगले नबिर्सने गरी नेपाली भाषाको लिपी थिए, हस्ताक्षरहरु भएका थिए ।’

उहाँले नेपालीले आफ्नो इतिहासप्रति गर्व गर्नुपर्ने आवश्यकतासमेत औल्याउनु भयो । ‘हामी आफ्नो इतिहास सम्झनु पर्छ । हामी संमृद्ध इतिहास भएको देशका नागरिक हौं । हाम्रो, कला संस्कृति कसैसँग तुलना हुनसक्दैन,’ ओलीको भनाई थियो ।

nepal pana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *