Loading...
भीम रावलको प्रश्न ः सप्तरीमा जनता डुबानमा छन्, राजपा नेता विदेशी दुतावासमा बैठक गर्छन्?

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई फिर्ता लिएर आफ्नो पार्टीका कुराहरु समेटेर र राजपासँग सहमति कायम गरेर नयाँ प्रस्ताव ल्याईए त्यसलाई पास गराउन एमालेले सहयोग गर्ने स्पष्ट पारेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउपाध्यक्ष रावलले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकोले त्यसलाई अविलम्ब फिर्ता लिई नयाँ सहमतिका आधारमा नयाँ प्रस्ताव ल्याईए आफूहरुले त्यसलाई पास गराउन पूर्ण रुपमा सहयोग गर्ने बताएका हुन् ।

उनले भने,‘हामी संशोधनको विरोधमा छैनौं, संशोधन गर्न सकिन्छ, तर देश र जनताको हितमा हुनुपर्छ।’ उनले संसदमा दर्ता गरिएको संशोधन प्रस्तावबारे अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएको समेत बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले के को लागि संविधान संशोधन प्रस्ताव ल्याईएको भन्दै प्रश्न समेत गरे । प्रस्तावमा उल्लेख भएको सीमांकनसम्बन्धि विवादआयोगमार्फत् टुंगो लगाउने कुराले प्रदेशको अधिकारलाई कटौति गरेकोले यसमा पनि आफ्नो पार्टीको विरोध रहेको रावलको भनाई थियो ।

त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव ल्याएकोले यसलाई आफूहरुले कुनैपनि हालतमा नमान्ने अडान कायमै रहेको उनले बताए । उनले सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान र कानुनको मर्मविपरीत स्थानीय तहको अधिकार कटौती हुनेगरी प्रस्ताव आएकोप्रति आफूहरुको पहिल्यै नै विरोध रहेकोले एमालेको अडान यथावत रहेको बताए ।उनले थपे,‘यो संशोधन प्रस्ताव देश र जनताको हितमा छैन, प्रकान्तरमा मधेशर पहाडलाई अलग बनाउने खेल हो, हामी यसलाई कुनैपनि हालतमा मान्दैनौं।’

त्यस्तै उनले नागरिकताको सवालमा अहिलेको संशोधन प्रस्तावमा उल्लेख गरिएको विषय पनि आपत्तिजनक नै रहेकोले यसलाई पनि आफूहरुले ठाडै अस्विकार गरिदिएको बताए । ‘रैथाने मधेशी जनताहरुलाई अधिकारबाट बञ्चितगर्नेगरि नागरिकता सम्बन्धी संशोधनल्याईएको छ’ उनले भने,‘यो मान्य छैन ।’ रावलले भाषाको सवालमा पनि घुमाउरो तरिकाले हिन्दी भाषालाई सरकारी कामकाजको रुपमा स्थापित गराउनेगरि प्रस्ताव ल्याईएकोले यसले भोजपुरी, मैथली, अवधिजस्ता तराई मधेशका मातृभाषालाई विस्थापितगर्ने षड्यन्त्रको संज्ञा दिए ।

त्यस्तै उनले गाउँ÷गाउँमा सिंहदरबार भनेर नारा दिनेहरुले नै स्थानीय तहका प्रमुख र उप–प्रमुखलेराष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव ल्याएको आरोप लगाए । यद्धपी उनले प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भएपछि खुल्ला हृदयले संविधान संशोधनबारे छलफल गर्न आफ्नो पार्टी तयार रहेको समेत स्पष्ट पारे । उनले थपे,‘यदि जनसंख्याको अनुपात मिलेको छैन भने पनि हामी त्यसबारेमा सोच्न सक्छौं, तर २ नम्बर प्रदेशमा मात्रै होईन, सबैतिर हेर्नुपर्छ।’रावलले हालै भएको दोस्रो चरणको निर्वाचनमा आम जनताहरुको उत्साहजनकसहभागिता रहेको भन्दै प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनमा पनिआम जनताहरु उत्साहजनक रुपमा सहभागी हुने विश्वास दिलाए ।

उनले पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो भएझैं अब हुने तेस्रो चरणको निर्वाचनमा पनि पहिलो नै हुने दाबी गरे ।रावलले भने,‘मैले पहिले पनि यही मञ्चबाट भनेको थिएँ, एमाले पहिलो पार्टी बन्छ भनेर, अब म फेरि पनि दाबाका साथ भन्छु, २ नम्बर प्रदेशमा पनि सशक्त जनमत छ, हामी पहिलो पार्टीबन्छौं।’ उनले एमाले पहिलो पार्टी बन्छ भनेर डराउनेहरुले नै चरण चरणमास्थानीय तहको निर्वाचन गरेको समेत आरोप लगाए ।यद्धपी उनले जनताले आफ्नो पार्टीलाई अत्यधिक विश्वास गरेकोलेनिर्वाचनमा आफूहरु पहिलो भएको दाबी गरे ।

उनले भने,‘चुनाव सार्ने काम कांग्रेस र माओवादी केन्द्रले गरेका हुन् नि, राजपाको नाममा उनीहरुले हार्ने डरले चुनाव हारेको जनतालाई राम्रोसँग थाहा भैसक्यो।’उनले चुनावमा भाग लिने वा नलिने ? केगर्ने भन्नेबारे छलफल गर्न राजपा नेपालका नेताहरु दुतावास जाने गरेको भन्दै यो अन्र्तराष्ट्रिय कानुन र भियाना कन्भेन्सनको विपरित रहेको समेत आरोप लगाए । रावलले भने,‘सप्तरीमा जनता डुबेका छन्, त्यसबारेमा एक शब्दपनि नबोल्ने ? अनि दुतावास दुतावासमा धाएर बस्ने?’ उनले तराई मधेशका जनताले चुनाव चाहेको बताउँदै जनताको मत हाल्ने अधिकारलाई बञ्चित नगर्न समेत राजपालाई आग्रह गरे ।

‘आफूचाहीँ संसदमा प्रधानमन्त्री चयन गर्न मतदान गर्न जाने, अनि जनतालाई आफ्नो मत हाल्नबाट बञ्चित गर्ने, यो कस्तो राजनीति हो ?’ उनले थपे।रावलले उपेन्द्र यादवले आफू जन्मेको माटोले चुनावमा जा भन्यो अनि भाग लिएँ भनेर दिएको अभिव्यक्तिअत्यन्तै स्वागतयोग्य रहेको समेत बताए । २ नम्बर प्रदेशको चुनावमा राजपाले भाग नलिएपनि चुनाव हुने रावलको भनाई थियो ।

उनले भने,‘स्थानीय तहको चुनाव लगभग सम्पन्न भैसक्यो, ६ वटा प्रदेशमा निर्वाचन भैसक्यो, अब पर्सादेखि सप्तरीसम्म २ नम्बर प्रदेशमा बाँकी हो, त्यो पनि हुन्छ।’रावलले राजपासँग वार्ता गर्न आफ्नो पार्टी सँधै सकारात्मक रहेको बताउँदै आफूहरु वार्ताको पक्षमा रहेको बताए ।रावलले प्रदेश नम्बर ७ का महत्वपूर्ण स्थानहरुमा आफ्नो पार्टीले जितेको बताउँदै ७ नम्बर प्रदेशमा कांग्रेस र एमाले बराबरी भएको बताए । उनले भने,‘७ नम्बर प्रदेशमा कांग्रेस र एमालेले ३७÷३७स्थान जितेका छन्, महत्वपूर्ण स्थानमा एमालेले जितेको छ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *