Loading...
महन्थ ठाकुरले नेतृत्व हस्तान्तरण गर्न नचाहेपछि राजपाभित्र चरम असन्तुष्टि, यादवले दिए जोडदार दनक

काठमाडौं, २२ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका अध्यक्ष महेन्द्र राय यादवले पार्टीभित्र आफूहरूको हैसियत एउटै रहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले राजपा सामूहिक नेतृत्व प्रणालीमा चल्ने बताए ।‘महन्थ ठाकुर र अध्यक्षमण्डलमा रहेका सबै अध्यक्षहरूको हैसियत एउटै हो’, उनले भने, ‘राजपा सामूहिक नेतृत्व प्रणालीबाट चल्छ ।

नेतृत्व चक्रिय प्रणालीबाट अगाडि बढ्छ ।’राजपा नेपालमा महन्थ ठाकुर १ नं. नेता हुन् ? भन्ने प्रश्नको जवाफमा नेता यादवले भने, ‘एक नं. नेता कोही पनि होइन । सबै बराबरी हुन् ।’उनले राजपा नेपालको नेतृत्व चक्रिय प्रणालीबाट हुनेभन्दै दुई–दुई महिनामा नेतृत्व परिवर्तनका विषयमाविवाद नरहेको बताए ।महन्थ ठाकुरले चक्रिय प्रणालीअनुसार नेतृत्व हस्तान्तरण गर्न नचाहेपछि राजपाभित्र असन्तुष्टि बढिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *