Loading...
काठमाडौंमै दिनदहाडै मनमोहन अस्पतालमा फिल्मी शैलीमा मेरो मृगौला चोरियो- शिवप्रसाद रिमाल

मनमोहन अस्पतालमा मृगौला ‘चोरिए’पछि शिवप्रसाद रिमालको जिन्दगीमा नयाँ मोड आएको छ । उनी पत्थरीका बिरामी थिए तर उनको उपचार गर्दा अस्पतालले मृगौला नैनिकाल्यो । प्रकरण गोप्य राख्न खोजियो, पीडितसँग सम्झौता गरियो तर यो विषय मिडिया र सोसल मिडियामा आजसम्म बहसमा छ । अस्पतालले विज्ञप्ती जारी गरेर परिवारकै सहमतिमा मृगौला निकालिएको दाबी गरेको छ ।

अस्पतालले मृगौला आफैसँग सुरक्षित रहेको पनि बताएकोछ । तर पीडित शिवप्रसाद रिमालको मनमा अहिले सय थरी कुरा खेलेका छन् । न्यायका लागि अदालत जाने सोचमा पनि छन् । आखिरी यो घटना भयो कसरी ? रातोपाटीले रिमाललाई भेटेर जान्ने कोशिस गरेको छ । रिमालकै शब्दमा पढ्नुस् उनको कथा :मेरो घर नुवाकोटको विदुर नगरपालिकाको १२ नं. वडा पोखरीथोक हो । जेठ २२ गते म घरबाट काठमाडौँ आएको थिएँ। बिहान करिब ९ बजेतिर कलङ्की पुगेको थिएँ । कलङ्कीमा आफन्तकोमा खाना खाएर बसेको थिएँ ।

अस्पतालको भनाई पनि पढ्नुहोस्मिर्गौला काण्डमा बोल्यो मनमोहन अस्पतालः झिकिएको मिर्गौला अस्पतालमै छएक्कासि मेरो बायाँ कोखा दुख्यो । सहन नसक्ने गरी दुख्यो र मेरा आफन्तलाई दुखाइ सहन नसक्ने भएँ अस्पताल जाउ भने । उहाँहरूले ट्याक्सी बोलाएर ल्याउनुभयो र हामी ट्याक्सी चढेर मनमोहन अस्पताल पुग्यौँ । अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएँ । त्यहाँ मेरो उपचार सुरु भयो ।

इन्जेक्सन लगाइयो, औषधि खुवाइयो । मलाई विस्तारै ठीक भयो । करिब एक दुई घण्टापछि दुखाइ कम भयो ।दुखाइ कम भएपछि भक्तपुरमा बस्नुभएका मेरो दाइ दामोदर रिमाललाई फोन गरेँ । उहाँ मेरा आफ्नै दाइ हुनुहुन्छ । उनलाई म अस्पतालमा भर्ना भएको सबै कुरा भनँे । उहाँ बेलुका अस्पताल आउनुभयो । उहाँ आउँदासम्म चेकजाँच भइरहेको थियो ।दाइ आएपछि अस्पतालमा नै बस्नुभयो । त्यो दिन त्यति नै भयो । मेरो दुखाइ कम भयो । तर रगत चेक, पिसाब चेक भयो । म पनि सामान्य भइसकेको थिएँ । राति मलाई इमर्जेन्सीबाट वार्डमा पठायो ।

मेरो आफन्तलाई औषधि किन्न लगाए । औषधिले दुखाइ कम भयो ।दोस्रो दिन मेरो सबै रिपोर्ट आए । यतिसम्म मेरा अन्य आफन्तहरू पनि आइसक्नु भएको थियो । मेरो एक्सरे गर्यो। अल्ट्रासाउन्ड पनि गर्यो । मेरो रिपोर्ट हेरेर डाक्टरले मृगौलामा पत्थरी रहेछ । अप्रेसन गर्नुपर्छभन्नु भयो । पत्थरी ठूलो छ भन्नुभयो ।२३ गते मलाई लाजिम्पाटको एउटा अस्पतालमा सिटीस्क्यान गर्न पठाए । मैलाई त्यो अस्पतालको नाम थाह छैन । मनमोहन मेमोरियल अस्पतालको एम्बुलेन्समा त्यो अस्पताल गएर सिटीस्क्यान गराए । त्यही एम्बुलेन्समा फिर्ता आएँ ।

त्यसको भाडा रु ८ सय लियो । अस्पतालले रिपोर्ट भोलि आउँछ भन्यो ।२४ गते गएर मेरो घरका मान्छेले त्यो अस्पतालबाट सिटीस्क्यानको रिपोर्ट ल्याए । यताका डाक्टरले सबै रिपोर्ट हेरे । भोलि अर्थात २५ गते अप्रेसन गर्नुपर्छ भन्यो ।२५ गते बिहान मलाई करिब साढे ८ बजे अप्रेसनका लागि वेइटिङ रुममा लिएर जानुभयो । ११ बजेर २५ मिनेटमा मलाई अप्रेसन थियटरमा लगेर सुताइयो ।

मलाई इन्जेक्सन लगाएपछि बेहोस भएँ । त्यसपछि मलाई केही थाह भएन ।अप्रेसन गरेको राति अलिकति होस आयो । मान्छे अलिअलि चिन्थेँ । तर बोल्न चाहिँ ५ दिनपछि सकेको हुँ । मेरा आफन्तलाई त्यही दिन एक जना नर्स आएर भनिछन्, तपार्इंको बिमारीको मृगौलाबाट धेरै रगत बग्दै छ । मृगौला निकाल्नुपर्ने हुनसक्छ भनिछन् । तर मेरा आफन्तले सामान्य पत्थरीको अप्रेसन गर्न आएको बिमारीको मृगौला किन फाल्नुपर्यो भनेर प्रतिवाद गर्नुभएछ ।मेरो मान्छेले निकाल्ने कुराको धेरै विरोध गरेपछि डा. गुणराज श्रेष्ठ आएर बिमारीको मृगौलाबाट रगत धेरैबगेको छ, निकाल्नुपर्छ भनेछन् । मेरा आफन्तले उनको भनाइको पनि प्रतिवाद गरे । मेरो काका र भिनाजुले आफूहरू अप्रेसन कक्षमा जान्छौँ भन्नुभयो ।

काकालाई भित्र त लग्यो तर मलाई राखेको ठाउँमा होइन । अर्को कोठामा राखे छन् । मलाई हेर्न दिइएन । मलाई हेर्न नदिएर काकालाई बाहिर ल्याइयो ।यो मनमोहन मेमोरियल अस्पतालले मेरो मृगौला पहिले नै निकालेर अनि पछि मेरा आफन्तलाई रगत धेरै बग्दै छ, निकाल्नुपर्ने हुन सक्छ भनेको रहेछ । मलाई जब वार्डमा लगियो त्यसपछि मात्र मेरो आफन्तले मलाई भेट्न पाए । यो सबै कुरा हेर्दा अस्पतालले मसँग बेइमानी गर्यो । मेरो जीवन बर्बाद गर्यो । २ सीएमको पत्थरी निकाल्दा मेरो जीवन नै ध्वस्त बनायो । यस्तो कहीँ कतै हुँदैन ।

तर मेरो आफन्तले अस्पतालको लापरवाही गैरजिम्मेवारीकोविरोध गर्दा तपाईंहरूको माग के हो लेखेर दिनु भन्यो । अस्पताल प्रशासनले गल्ती भयो, अब तपाईं के चाहनु हुन्छ भने छ । मेरो मान्छेहरूले केही माग राख्नुभयो । ५० लाखको जीवन बिमा हुनुपर्छ भन्दा अस्पतालले मानेन ।म अप्रेसन गरेपछि अस्पतालमा १२ दिन बसेँ । असार ५ गतेबिदा दियो । यो अवधिमा मेरो हेरचाह धेरै राम्रोसँग गर्यो ।

अस्पतालबाट बिदा गर्ने दिन डाक्टरले भने तपाईंको भित्र भएका सडेगलेका चिज फालिदिएका छौँ । राम्रो ख्याल गर्नु होला । ठीक छ । सामान्य जीवन बाच्न सक्नु हुन्छ भन्यो ।अप्रेसन भएको १५ दिनपछि मेरो दाइ र बहिनीले हामीलाई दबाबमा राखेर अस्पतालसँग सम्झौता गरेका छाँै भन्यो । मैले त्यो सम्झौता हेरेँ । त्यसमा मेरो चित्त बुझेन । म अस्पताल गएँ १४ गते । मैले भने यो सम्झौता मलाई मन परेन । मलाई क्षतिपूर्ति ५० लाख चाहिन्छ भने ।मेरो जीवन बर्बाद गर्ने अस्पतालले मेरी श्रीमतीलाई जागिरमा राख्छौँ भनेको नै मलाई विश्वास छैन ।

मलाई जागिर लगाउँछौ भनेको पनि विश्वास छैन । किन कि यति बेइमानी गर्ने अस्पतालले मेरो श्रीमतीलाई जागिर दिएको एक दुई महिनामा चोरीको आरोप अरू केही आरोप लगाए त झन पीडा हुन्छ । समाजमा बदनाम हुन्छौँ । आजसम्म कसैको केही नबिगारका हामीलाई भोलि अस्पतालबाट केही चोरे लियो भनिदिए के हुन्छ मेरो ? त्यसकारण मलाई यो जागिरप्रति कुनै विश्वास छैन । मृगौला बिमारीलाई नसोधेर निकाल्ने अस्पताले यस्तो नगर्ला भन्ने विश्वास कसरी गर्नु मैले ।अस्पताल प्रशासनले मिटिङ बसेर यस विषयमा छलफल गर्छौं भन्यो । पटक पटक फोन गर्दा पनि केही रेस्पोन्स गरेन । अस्पताल र अस्पताल सञ्चालकहरूले मेरो जीवन बर्बाद पार्दा पनि कुनै जिम्मेवारी देखाएन ।

यतिका दिनसम्म अध्यक्ष बाहिर जानुभएको छ, व्यस्त हुनुहुन्छ । राजधानी बाहिर हुनुहुन्छ । आएपछि छलफल गर्छौं भन्नुभयो । एक दिन मैले अस्पतालकाअध्यक्ष राजेन्द्र पाण्डेलाई फोन गरेँ । जो एमालेका नेता र सांसद पनि हुन् । सुरुमा मलाई तीन दिनको समय दिनुहोस् भन्नुभयो । तर तीन दिन होइन, तीन हप्ता हुँदासम्म पनि कुनै चासो देखाउनु भएन । उनले तपाईंकोबारेमा कुरा भएको छ । म बाहिर छु, आएपछि छलफल हुन्छ भन्नुभयो । तर अहिलेसम्म केही भएन ।बीचमा मेरी श्रीमतीले नवराज रुपाखेतीलाई फोन गरिन् । उनले पनि पुरानै कुरा दोहोर्याउनु भयो ।

सर बाहिर हुनुहुन्छ, आएपछि हुन्छ ।म अति भएपछि पुनः अस्पताल गए । त्यो दिन भन्यो, आइतबार बस्दैछौँ । तर पनि भएन । अन्तिमा बाध्यभएर मिडियामा जानुपर्यो । अस्पतालले यति दुःख दियो कि केभनँु । मेरै जीवन बर्बाद पार्यो । अहिले अस्पताल प्रशासन मलाई मिडियामा गएपछि अब पहिला भएका सम्झौता पनि कार्यान्वयन हँुदैन भन्दै छ ।आज अस्पताल आफैले गरेको सम्झौता पनि मान्दैन भन्दै छ। मेरो जीवन बर्बाद गरिदियो र पनि अस्पताल जिम्मेवारहुनुभन्दा बिरामीमाथि मानसिक रूपमा दबाब दिने काम गरिरहेको छ ।

म अस्पताल गएको दिनदेखि अप्रेसन हुने दिनसम्म मेरो चेक जाँच गरेको छ । एक्सरे, सिटीस्क्यान गर्दा मेरा सडेको गलेका अङ्गहरू रिपोर्टमा देखिनुपर्ने हो । यदि त्यस्तो थियो भने डाक्टरले किन भनेन । अहिले आएर सडेको गलेको चीज निकालेर फाल्यौँ भन्दै छन् ।यतिधेरै चेकजाँच गर्दा पनि बिग्रेको देखिँदैन र ? देखिन्छ भने अप्रेसन गर्नुभन्दा पहिला किन भनिएन । होइन भने पत्थरी निकाल्दा कसरी मेरो सड्यो ?अस्पताल यति गैरजिम्मेवार हुन मिल्छ । जब कि मलाई पत्थरी ठूलो छ भनिएको थियो । तर अप्रेसन गर्दा किन सावधानी अपनाइएन ।

कि मेरो मृगौला अन्य प्रयोजनका लागि नियोजित रूपमा निकालिएको हो । रगत बगेर मेरो मृगौला निकालिएको हुँदै होइन । बिग्रेको थियो भने पहिला नै किन भनेन ।हामी पछि अस्पतालमा गएपछि तपाईंको मृगौला यही अस्पतालमा छ भन्यो । तर पत्थरी ल्याएर अस्पतालले दियो । तर देखाउनु भन्दा पनि ५ दिनपछि ल्याएर देखाए ।त्यो पनि हो कि होइन, हामी कसैलाई थाह छैन । यो कतिसम्म लापरबाही हो ।यो देशमा राज्य, नियम कानुन छ भने ममाथि न्याय हुनुपर्छ । यो कुरा अब सबैलाई थाह भइसक्यो । म अन्यायमा परेको छु । मेरो माग राज्यले पूरा गराई दिनुपर्छ । मेरो जीवनमाथि खेलबाड गर्नेमाथि कानुनी कारवाही होस् ।

म चार वर्ष विदेश बसेर आएको हुँ । गत वर्ष बुवा बित्दा घर आएको थिएँ । त्यसपछि अब विदेश होइन, यो देशमा नै गरेर खान्छु भनेर बसेँ । तर मनमोहन अस्पतालले न गरिखान सक्ने बनाइ दियो न मारी नै दियो ।म माथि आश्रित मेरो परिवारको अब के हुन्छ । रात दिन यही सोच्छु । खेती र अन्य केही गरेर खाउँला भन्ने थियो । दुई छोरा, श्रीमती र आमा, दुई बहिनी छन् । अहिलेपढ्दै छन् ।

दाइ अलग्गै भक्तपुर बस्नु हुन्छ । मेरो जीवनसंगै मेरा घरपरिवाको जीवन पनि बर्बाद बनायो अस्पतालले ।मेरो कुराको सुनावाइ अस्पतालले अझै पनि सही तरिकाले गरेन भने अन्तिम आस न्यायालयमा छ । म अदालत जान्छु, मलाई विश्वास छ, अदालतले मलाई न्याय दिने छ ।मेरो बिग्रेको भए अस्पतालले किन मेरो उपचारको पैसा लिएन । मेरो मृगौला सडेगलेको भए निकाल्न त पैसा लाग्थ्यो होला नि । तर मेरो पत्थरीको अप्रेसन गर्न लागेको ८७ हजार पनि लिएन । यो भनेको अस्पतालको नियत नै ठीक थिएन र छैन । अस्पतालमाथि कारवाही होस र मैले न्याय पाउँ । मेरो अबको इच्छा यही हो ।कृष्ण गिरीसँगको कुराकानीमा आधारित

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *